६ श्रावण २०८३, बुधबार | July 22, 2026

नियतमा खोट छैन, कमिकमजोरी भए सच्चिन तयार छौं : मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी गर्न आह्वान गरेका छन । उनले तथ्यमा आधारित भएर सुशासन, पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागी मिडिया क्षेत्रबाट खबरदारी गर्न आह्वान गरेका हुन ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा मंगलबार घोराहीमा मिडिया मन्थन पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तथ्यमा आधारित भएर सुधारका लागि आलोचना गर्न आह्वान गरे । “सरकार सच्चिन चाहन्छ । त्यहीँ भएर तथ्यमा आधारित भएर आलोचना गर्नुस् । हामी सच्चिन तयार छौं” उनले भने, “आलोचना गर्न नडराउनुस, म सच्चिन चाहन्छु, सकिन चाहदैन । यहाँहरुले गर्ने तथ्यमा आधारित आलोचनाबाट सच्चिएर अघि बढ्छौं ।” मुख्यमन्त्री आचार्यलेले नियतमा खोट नभएको, कमिकमजोरी भए सच्च्याउन तयार रहेको स्पष्ट पारे ।

राजनीतिक स्थायित्व कायम गर्न, आर्थिक अवस्था सुधार गर्न संयुक्त सरकार बनेको र वर्तमान सरकारले जनतामा आशा जगाउन मुख्यमन्त्री र मन्त्रीका नामा हुने फजुल खर्च नियन्त्रण गर्न आचारसंहिताको बन्धनमा राखिएको स्पष्ट पारे । “मुख्यमन्त्री र मन्त्रीलाई आचारसंहिता लागू गरेका छौं । यो आचारसंहिताले मुख्यमन्त्री र मन्त्रीको नाममा हुने फजुल खर्च नियन्त्रण गर्छझ” उनले भने, “जिल्ला भ्रमणको क्रममा हुने होटलको खर्चको बिल सरकारले भुक्तानी गर्दैन । अनावश्यक खर्चलाई नियन्त्रण गर्न हामी प्रतिबद्ध छौं ।”

पूर्व विशिस्ट व्यक्तिको नाममा सरकारको ढुकुटीबाट सेवा सुविधा दिने निर्णय फिर्ता गरेर जनतामा आशा जगाउने काम सरकारले गरेको भनाइ उनको छ । “पदबहाली गरेको ४७ दिन भयो । सरकारले यो अवधिमा सुशासन, पारदर्शीको क्षेत्रमा केही महत्त्वपूर्ण कामहरु अघि बढाएका छौं” उनले भने, “सरकारले जनतामा आशा जगाउन काम थालेको छ । यहाँहरुको सहयोगको खाँचो छ ।” उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गरेका छन । “पत्रकारीतामा नयाँ आयाम थप्ने काम गरेको छ । विश्वसनिय सूचना र समाचारको अभाव हुन थाल्यो । एकतर्फी सूचनाले भ्रम छर्ने गरेको छ” उनले भने, “समाज रुपान्तरणको लागि मिडिया क्षेत्रको भूमिका महत्त्वपूर्ण छ । जनताको पक्षमा बुलन्द आवाज उठाउने मिडिया क्षेत्र हो । संघियतालाई बलियो बनाउनेगरी मिडिया क्षेत्रबाट भूमिका बढाउन जरुरी छ ।”

मन्त्री न्यौपानेले प्रदेशले गरेका राम्रा योजना र कामहरुको प्रचारप्रसार बढाउनुपर्ने, राम्रा कामको प्रचार गरेर अघि बढ्नुपर्ने बताए । संघियताको मर्म अनुसार प्रदेश सरकारले काम गरेको भन्दै आम जनताको दिनचर्या सहज बनाउनेगरी मिडियाबाट खबरदारी गर्न आग्रह गरे । तीन तहको सरकारको विचमा प्रभावकारी समन्वयका लागि तयार हुनुपर्ने, समग्र प्रदेशको विकासको लागि सहकार्य जरुरी रहेको स्पष्ट पारे ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  २ : ३२ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज