२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

पूजाको प्रसाद खाँदा झापामा ५० जनाभन्दा बढी बिरामी



झापा । झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी परेका छन् । अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँका अधिकांश बासिन्दा बिरामी भएका हुन् ।

स्थानीय रीता निरौलाकोमा बुधबार लगाइएको पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए । प्रसाद खाने सबै बिरामी परेको स्थानीय विद्या कटवालले जानकारी दिइन् ।

उनका अनुसार पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद खाने पनि बिरामी भएका छन् । अर्जुनधारा नगरपालिका-९ का वडा अध्यक्ष भिष्म मिश्रका अनुसार गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५-६० जना बिरामी भएका छन् । बिरामीको स्थानीय क्लनिकमा उपचार भइरहेको छ ।

स्थानीय कटवालका अनुसार पूजामा प्रसाद खाएको केही समयपछि सबैलाई वान्ता र पखाला भएको थियो । ज्वरो पनि आएको छ । पुजाको प्रसादमा फुड पोइजन हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए ।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ९ : ५० बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब