२ पुस २०८२, बुधबार | December 17, 2025

संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकियो



काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति प्रयोजनका लागि बसेको संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो ।

संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने निष्कर्षपछि ठोस् निर्णय नगरी बैठक सकिएको हो ।

प्रधानन्यायाधीश श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेबाट अवकाशमा जानेभएपछि सो सम्बन्धमा निर्णय गर्न परिषदको बैठक बसेको हो । प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले ८ जना वरिष्ठतम न्यायाधीशहरूको नाम परिषद्‌मा पठाएको छ । वरीयताअनुसार न्यायाधीशहरू प्रकाशमान सिंह राउतको नामा सिफारिस भएको छ भने अन्य वरिष्ठ न्यायाधीशहरु नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोज शर्मा र कुमार चुडालको नाम पनि सिफारिस सुहित परिषद्‌मा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमात बसेको बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर सहभागी छन् । अर्को बैठक ३१ भदौमा बस्ने भएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ७ : ४३ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व