२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

देश र जनताका निम्ति काम गर्न उपराष्ट्रपति यादवको आग्रह



नवलपरासी । उपराष्ट्रपति रामसहाय यादवले धर्मभन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्न आवश्यक भएको बताएकाछन् ।

शनिवार पश्चिम नवलपरासीमा १४९९औँ मोहम्मद जयन्तीका अवसरमा आयोजित राष्ट्रिय एकता एवं पैगामे अमन सम्मेलनमा उनले धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गर्नुपर्नेमा जोड दिए ।

उपराष्ट्रपतिले भने, “समाजिक कार्य र धार्मिक उत्सवहरुमा सक्रिय सहभागिता र अन्तरघुलन बढाउन जरुरी छ । कुनै पनि धर्मको मूलमन्त्र मानवता, प्रेम, सद्भाव, सहिष्णुता र सहयोग अभिवृद्धि गर्नु हो ।”

देशमा शान्ति तथा अमनचयन कायम गर्न दया, करुणा, इमान्दारी, परोपकारी भाव एवं व्यवहार आवश्यक पर्ने उनले बताए । अनेकतामा एकता नेपालको विशेषता भएको चर्चा गर्दै यो विविधतालाई अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।

उपराष्ट्रपतिले भने, “देशको चौतर्फी विकासका निम्ति हामीबीच एकता हुन जरुरी छ । एकता नै बल हो भन्ने यथार्थलाई हामी सबैले सधैँ आत्मसात् गर्नुपर्छ ।”

विभिन्न धर्मका धर्मगुरुहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा उपराष्ट्रपतिसहित मञ्चासिन सबै धर्मगुरुहरूले शान्तिका प्रतीक परेवाहरू उडाएका थिए ।

प्रकाशित मिति : २९ भदौ २०८१, शनिबार  ३ : ५२ बजे

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि

जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको

प्रधानमन्त्रीलाई हर्क साम्पाङका कडा प्रश्न – सीमा, सुशासन र बजेटमा जवाफ माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र

‘शिक्षालय र कर्मचारीतन्त्रमा राजनीति निषेध’ : पेशागत स्वतन्त्रता सुदृढ गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार

विश्वकप लिग-२ को अन्तिम खेल आज : नेपाल र ओमान आमनेसामने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान