२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

पत्रकार महासंघ बाँके शाखामा चौतारी र प्रगतिशिल पत्रकार संघबाट तालाबन्दी



नेपालगन्ज । असोज १२ गतेका लागि सार्वजनिक गरिएको पत्रकार महासंघको निर्वाचन प्रयोजनको लागि प्रकाशित मतदाता नामावलीमा विभेद गरिएको भन्दै पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

प्रेस चौतारी नेपाल र प्रगतिशिल पत्रकार संघ बाँकेले संयुक्तरुपमा महासंघको कार्यालयमा तालाबन्दी गरेका हुन् । नयाँ सार्वजनिक गरिएको मतदाता नामावलीमा चरम लापरवाही र विभेद गरिएको भन्दै तालाबन्दी गरिएको प्रगतिशिल पत्रकार संघका बाँके संयोजक तिलक गाउँलेले बताए ।

एकै स्थानका शिक्षक, कर्मचारी र गैरसरकारी संस्थाकर्मीको एउटा पक्षधरको नाम समावेश भएर आउँदा आफ्ना पक्षका सबैको नाम काटिएको भन्दै चौतारी र प्रगतिशिल पत्रकारसंघले तालाबन्दी गर्नु परेको उनले बताए । गाउँलेले बाँकेको सदस्यता सूची नसच्याएसम्म निर्वाचन हुन नदिने पनि बताए ।

महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले राजिनामा दिएपछि कार्यबाहक अध्शयक्ष रमेश बिष्टले नयाँ मिति तय गर्दै निर्वाचन समितिलाई सिफारिस गरे अनुसार हिजो मात्र महासंघको नयाँ मतदाता नामावली सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ४ : ३७ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य