२३ भदौ २०८३, मंगलबार | September 8, 2026

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव



बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ । सोमबार बिहान तिलोत्तमा नगरपालिका वडा नम्बर-१३ चिलिया स्थित खेतमा जेब्रा झोलामा पोका पारिएको अवस्थामा अन्दाजी २५/२६ वर्ष उमेरका युवाको शव फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार खेतमा काम गर्न गएका स्थानीयले बोरामा पोका पारेको अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार उक्त शव करिब १ सातादेखि रहेको हुन सक्ने प्रहरी नायव उपरीक्षक पण्डितले बताए । मधेशी मूलको जस्तो देखिने उक्त पुरुषको शवलाई भित्रबाट प्लाष्टिकको बोरामा पोको पारी बाहिरबाट तन्ना र त्यसबाहिर जेब्रा झोलामा पोका पारिएको अवस्थामा भेटिएको हो ।

शवलाई पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । शव बारे कुनै पनि पहिचान नखुलेको र हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ५ : २८ बजे

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी