८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

हामीलाई हार्ने छुट छैन, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गर्छौं : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको भेलालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टी प्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेको बताएका छन् ।

उनले व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएपछि आफुहरुले हस्तक्षेप गर्न राजनीतिमा आएको भन्दै अहिलेसम्मको देशको परिवर्तनमा योगदान गरेकाहरुलाई आफुहरुले अवमुल्यन नगर्ने स्पष्ट गरे ।

सभापति लामिछानेले आफुहरु राम्रो नराम्रो समस्याको चाङमा रहेको भन्दै आफुहरुको आगमननै अरुको लागि समस्या बनेको बताए । उनले आफुहरुको आक्रमण पनि ठुलो हुने हुनाले आफुहरुप्रतिको आक्रमणपनि ठुलो नै हुने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

लामिछानेले आफुहरुको यात्रा सजिलो यात्रा नभएकाले अहिले रास्वपा सकियो भन्नेहरुलाई रास्वपा सकिएको होइन रास्वपाले सक्ने दाबि गरे । यो लडाईमा आफुहरुलाई हार्ने छुट नभएको बताउदै आफुहरुले शान्त विद्रोह गर्दै मतपत्रको माध्यमबाट परिवर्तन गर्ने बताए । उनले मानिसहरुले गोल खान नडराएर जोगाएको लोकतन्त्रमा हामीहरु गाली खान डराउन नहुने बताए ।

सहकारी ठगी प्रकरणको बारेमा बोल्दै लामिछानेले संसदीय समितिले आफुलाई सहकारी ठगि नगरेको दाबी गर्दै आफुलाई गोर्खा मिडिया संचालनमा जवाफदेही भएको समितिले ठहर गरेको जिकिर गरे।

बुधबारसम्म जारी रहने भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लबरलिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ ।

रास्वपाका अनुसार यस भेलामा देशभरबाट १५ सय प्रतिनिधिले भाग लिदै छन् । सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्ने पार्टीले जनाएको छ ।

भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ । भेलामा देशभरबाट निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक( उपसंयोजक, प्रदेशको समिति(विभाग, केन्द्रीय समिति(विभाग(आयोगहरूबाट प्रतिनिधित्व रहने पनि पार्टीले बताएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १० : २२ बजे

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ

२६ दिनपछि सोनम वाङचुकले तोडे आमरण अनशन

काठमाडौं । भारतमा परीक्षाका प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनरत भारतीय अभियन्ता सोनम

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ