२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

बालेन समर्थक युवा इन्द्रजात्रा समारोहबाट बाहिर निकालिए



काठमाडौं । इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा बालेन शाहको तस्बीर अंकित टिसर्ट लगाएर उपस्थित भएका युवालाई समारोहस्थलबाट निकालिएको छ ।

प्रहरीले उनीहरूलाई समारोह स्थलबाट निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने यस समारोहमा उनको विरोध हुनसक्ने विषयलाई ध्यानमा राख्दै प्रहरीले उनीहरुलाई हटाएको बुझिएको छ ।

काठमाडौँ महानगरले इन्द्रजात्राको अवसरमा आयोजना गर्ने विशेष समारोहमा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने गर्दछ । अघिल्लो बर्षको कार्यक्रममा राष्ट्रपति प्रधानमन्त्रीको उपस्थिति युवाहरुले बालेनको जयजयकार गरेका थिए ।

यसपालि भने बालेनको उपस्थिति निश्चित रहेको छैन । उनी भारत गएकाले आज यस कार्यक्रममा उपस्थिति अनिश्चित बनेको हो ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  २ : ३६ बजे

जेनजी आन्दोलन : तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

बागमती । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौं । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका