२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

नेपालगन्ज १० किमि नाइट रनको टिसर्ट सार्वजनिक



नेपालगन्ज । दशौं धारा नेपालगन्ज म्याराथनको प्रिइभेन्टका रुपमा हुन लागेको नेपालगन्ज १० किमि नाइट रनको टिसर्ट सार्वजनिक गरिएको छ । संविधान दिवसका अवसरमा असोज ३ गते राति हुने दौडको टिसर्ट आज एक कायृक्रमकाबीच सार्वजनिक गरिएको हो ।

नेपालगन्ज म्याराथनका संस्थापक निर्देशक टीएस ठकुरी, आटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषदका सदस्य डिबी तामाङ, बाँके जिल्ला एथलेटिक्स संघका अध्यक्ष राजेन्द्र शाही र नेपालगन्ज म्याराथनका आइटी कन्सल्ट्यान्ट भानु रेग्मीले संयुक्तरूपमा टिसर्ट सार्वजनिक गरे ।

टिसर्ट सार्वजनिक कार्यक्रममा बोल्दै संस्थापक निर्देशक टीएस ठकुरीले नेपालगन्ज म्याराथनको एक दशक यात्राको लागि ुदशौंमा दस इभेन्टुका बारेमा विस्तृत जानकारी दिए । असोज ३ गते नाइट रन सम्पन्न भएपछि ५ गते शनिबारदेखि साप्ताहिक रन सुरु हुने उनले बताए । ुयो बर्षभरि सञ्चालन हुनेछ । ुउनले भने(ुदस हप्तामा चार, २५ हप्तामा तीन जना, ५० हप्तामा दुई जना र ७५ हप्तामा एक एक जनालाई पुरस्कृत गरिनेछ, एक सय हप्ता पूरा गर्ने एक जनालाई कुनै अन्तर्राष्ट्रिय म्याराथनमा अवसर प्रदान गरिनेछ ।

उनका अनुसार पहिलो चरणमा नेपालगन्ज, कोहलपुर र खजुरामा साप्ताहिक रन सुरु गरिनेछ । रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङले यसको प्रमुख कमान्ड सम्हाल्नेछन् । बाँके जिल्ला एथलेटिक्स संघले यसमा सहकार्य गर्नेछ । म्याराथनका बरिस्ठ सदस्यहरु हृदयकृष्ण मास्के, चन्द्रबहादुर राना, सुनिल बिष्ट, सुमन बस्नेत, गगन थापाले साप्ताहिक रनमा भोलन्टियर सेवा प्रदान गर्नेछन् ।

असोज दोस्रो हप्तादेखि स्कुल कलेजमा लेक्चर सिरिज सञ्चालन गरिनेछ । आउटरिच म्यानेजर चाहना शाहले यसको नेतृत्व गर्नेछिन् । त्यसैगरी कात्तिक पहिलो हप्ता हुने गौघाट ग्रिन रनको संयोजन डिबी तामाङले गर्नेछन् । मंसिर ५ गते हुने दीप प्रज्वलन कार्यक्रमको संयोजन सुमनसिंह बस्नेतले गर्ने कार्यक्रममा जानकारी दिइयो । त्यस्तै फोटो प्रदर्शनीका लागि पहिलोदेखि नवौं संस्करणसम्मका उत्कृष्ट तस्बिर संकलनका लागि गगन थापालाई जिम्मेवारी दिइएको छ । त्यस्तै मंसिर २० र २१ गते म्याराथन एक्स्पो र नेपालगन्ज कनक्लेव हुनेछ । यसमा विभिन्न व्यक्ति तथा संघसंस्थालाई दशक रत्न सम्मान प्रदान गरिनेछ ।

दशौं कार्यक्रमका रुपमा दशौं धारा नेपालगन्ज म्याराथन मंसिर २२ गते शनिबार हुने पत्रकार भेटमा जानकारी गराइएको छ ।

विस्तृत शान्ति सम्झौता भएको दिन मंसिर ५ लाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यश बर्ष कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदका कारण केही पछाडि सारिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १० : २४ बजे

नवपुस्ताका मतदाता भन्छन् – ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’

काठमाडौं । निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह

दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मतदान, करिब ३३ प्रतिशत मत खस्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर करिब

केपी ओलीले स्मरण गरे आफ्नो जीवनमा फागुन २१ को संयोग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

रुपन्देहीमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान

लुम्बिनी । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत

दिउँसो १ बजेसम्म २४.७८ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर जारी मतदानमा दिउँसो १ बजेसम्म