३ चैत्र २०८२, मंगलबार | March 18, 2026

सामाजिक अभियन्ता लिलबहादुरलाई धौलागिरीमा सम्मान



नेपालगन्ज । अमेरिकामा बसेर नेपालमा सामाजिक अभियान चलाउँदै आएका बाँकेको खजुराका अभियन्ता लिलबहादुर थापालाई खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित प्रगतीशिल आमा समुह धौलागिरीले सम्मान गरेको छ । आमा समुहले समाजसेवी थापा र सारथीहरुका लागी एक औपचारीक कार्यक्रमको आयोजना गरि थापालाई सम्मान गरेको हो ।

दिनदुखीका लागी सधै सहयोगी बनेर उभिँदै आएका खजुरा ४ डि गाउँका थापाले गरेको सेवा भावको उच्च कदर गर्दै आमा समुहले सम्मान गरेको जनाएको छ । आमा समुहले समाजसेवी थापाको सम्मानमा सन्ध्याकालिन चियापानको आयोजना गरेको थियो भने गाउँका आमाहरुले थापालाई फुलमाला सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

ोि अवसरमा बोल्दै आमा समुहले बचत गरि जोडेको जमिनमा समाजसेवी लिल बहादुर थापाले भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाए । आमा समुहले गाउँमा हुने पुजाआजा, विवाह, पार्टिहरुका लागी प्रयोगमा आउने टेन्ट, भाडा लगायतका सामाग्री जोडेर जमिन खरिद गरेपनि भवन बनाउन सकेका थिएनन् ।

गाउँमा यसरी आफुलाई सम्मान गरेकोमा यसको आफु ऋणी भएको स्मरण गर्दै समाजसेवी थापाले आमा समुहलाई आफुले सक्ने सहायता गर्ने बताए ।

आमा समुहले थापासँगै थापाको समाजिक अभियानलाई उजाग। गर्दै आएका युवा पत्रकार खगेन्द्र दाहाललाई पनि सम्मान गरेको थियो । थापाको अभियानको प्रचार एवं समाजसेवामा लगातार सहकार्य गरेको भन्दै खबरगन्ज मिडियाका संचालक समेत रहेका पत्रकार दाहाललाई सम्मान गरिएको समुहले जनाएको छ ।

सो अवसरमा खबरगन्जका पत्रकार गणेश राई, समाजसेवी याम कुमारी बुढामगर, दान बहादुर गुरुङ्लाई समेत समुहले फुल माला र खादाले सम्मान व्यक्त गरेको थियो ।

सुखेत्मा जन्मिएर खजुरामा स्थायी बोबास गरि कामको शिलशिलामा अमेरिमा गएका समाजसेवी थापाले अमेरिकाबाट नेपालमा दुरदराजमा रहेका गरिव, दीनदुखी तथा शारिरीकरुपमा कमजोर रहेकाहरुलाई घरबनाईदिने देखि दैनिक खाद्यसामाग्री उपलब्ध गराउँदै आएका छन् । थापाले विशेगागरि बाँके, रुपन्देही र गुल्मीका ग्रमीण बस्तीका घरबार बिहिन्, खाना र नाना नपाउने गरिव परिवारलाई अमेरिकाबाट राहत पठाउने तथा घर बनाउन आर्थिक सहयोग गर्ने कार्य गर्दै आएका छन् ।

२ हप्ता अगाडि नेपाल आएका थापालाई उनको योगदानको स्मरण गर्दै बाँके देखि गुलमीसम्मका स्थानीयबासीले सम्मान र स्वागत गरेको पत्रकार दाहालले बताए ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : १० बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड