६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

‘लोकतन्त्र र संविधान’ विषयक पोस्टर कला प्रदर्शनी



काठमाडौँ । संविधान र लोकतन्त्रको महत्त्व बढाउन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘संविधान दिवस २०८१’ को अवसरमा आजदेखि ‘लोकतन्त्र र संविधान’ विषयक पोस्टर कला प्रदर्शनी सुरु भएको छ ।

प्रतिष्ठानको कार्यालय नक्सालमा सुरु प्रदर्शनीको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पोस्टर कला सन्देश तथा विषय प्रधान हुने भएकाले यसको विश्लेषण त्यसैका आधारमा हुनुपर्ने बताए ।

उनले लोकतन्त्र र संविधानको भावनालाई शिक्षा, चेतना, कलामार्फत जनस्तरमा लैजान आवश्यक रहेको धारणा राखे। “पोस्टर कलामा प्रयोग भएको रेखाङ्कन शैली र रङले छुट्टाछुट्टै अर्थ बोकेको हुन्छ”, उनले भने, अझै संविधान दिवसको अवसरमा आयोजना गरिएको कला प्रदर्शनीले संविधान र लोकतन्त्रको महत्त्व बढाउन सहयोग पु-याउँछ ।”

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले कलाकारहरु युगका निर्माता भएकाले उनीहरूले गरेका सिर्जना सोहीअनुसारको हुनुपर्ने बताए। कलाले हाम्रो भूगोल, संस्कृति, समाज, राष्ट्र र विश्वको चेतना निर्माणमा ठूलो प्रभाव पार्ने धारणा उनले राखे ।

“यस प्रदर्शनीको मूल उद्देश्य कलाका माध्यमबाट संविधानको मर्म, भावना, महत्त्व जनतामा पु(याउनु हो । यस्ता कार्यक्रमले नवयुवामा संविधानका विषयमा सचेतना जगाउने कार्य गर्दछ”, उनले भने ।

वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले नयाँ पिँढीले संविधानको विषयमा विस्तृत रूपमा बुझुन् भन्ने उद्देश्य राखेर कार्यक्रमको आयोजना गरिएको बताए ।

समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवाले लोकतन्त्र र संविधान एक सिक्काका पाटा हुँदाहुँदै विद्यार्थीले कलामार्फत कसरी बुझेका छन् भनेर बुझ्न सजिलो भएको बताए। कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदीप अधिकारी, दिनेश्वर महतो, अरुणा हिङ्माङ, प्राज्ञसभा सदस्य प्रदीप शाक्य, प्रतिष्ठानका उपप्रशासन प्रमुख कमलमणि काफ्लेलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा कलाकार यमकुमारी कुुलुुङ प्रथम, मुक्ति चालिसे द्वितीय, लेग्देन साङ्मो तामाङ तृतीय र सम्झना राईले सान्त्वना पुरस्कार प्राप्त गरे । पुरस्कारको राशि क्रमशः रु १५ हजार, रु १२ हजार, रु १० हजार र आठ हजार तथा प्रमाणपत्र रहेको छ ।

प्रतियोगितामा सौरभ लगुन, होमराज कुुलुुङ राई, कशिस महर्जन, श्रद्धा श्रेष्ठ, रुद्र राई, प्रतिभा खड्का, सुुदिशा थापा, प्रतिक्षा तिवारी, अञ्जली घिमिरे, निश्चल श्रेष्ठ, राष्ट्र कार्की, जेनिस महर्जन, राहुुलराज शाक्य, प्रवीन अधिकारी, नवीन लामालगायतले सहभागिता जनाएका थिए । प्रदर्शनी असोज १० गतेसम्म चल्ने छ ।
रासस

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ८ : ४५ बजे

अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेतरोडमा अतिक्रमण हटाएर

अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रका सुझाव

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला

बुद्धएयरको नेपालगन्ज पोखरा उडान स्थगन

नेपालगन्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगन्ज

प्रशासकीय अदालत : कार्यक्षेत्र एकातिर, सेवाग्राही अर्कातिर

काठमाडौँ । प्रशासकीय अदालतको कामकारबाही र कार्यक्षेत्रबारे सेवाग्राहीका रूपमा रहेका

सरकार जवाफदेही नभएसम्म विरोध जारी रहन्छ : हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले