२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु, बाँकेमा बुधबार साँझ घाईते भएका थप एकजनाको मृत्यु



दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ ।

लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१८ का २२ वर्षीय श्रवनकुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार आज बिहान लमही नगरपालिका–६ बेलदमारमा दुर्घटना हुँदा गम्भीर घाइते भएका दुवै जनाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उता बाँके राप्तीसोनारीको अगैया नेपालगन्ज हुलाकी सडकमा बुधबार साँझ दुई मोटरसाइकल ठोक्किएर घाईते भएका मध्य १ जनाको मृत्यु भएको छ । नेपालगन्ज नेर्सिङ होममा उपचाररत स्थानीय नेरा मावि धामपुरमा कार्यरत शिक्षक अजय चौधरी को निधन भएको हो । दुर्घटनाबाट दुबै मोटरसाइक चालकको घटनास्थलमै २ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  १२ : ३२ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज