५ चैत्र २०८२, बिहिबार | March 19, 2026

ब्रिटिस कलेजका निर्देशक महेन्द्रराज कँडेल ‘ग्लोबल एजुकेशन लिडरशिप अवार्ड’बाट सम्मानित



काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)का निर्देशक महेन्द्रराज कँडेल ग्लोबल एजुकेशन लिडरशिप अवार्डबाट सम्मानित भएका छन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका निर्देशक कँडेललाई बुधबार होटल हिमालयमा सम्पन्न ‘एशियन प्रोफेसनल अचिभमेन्ट अवाड्र्स २०२४’ अन्तर्गत ‘ग्लोबल एजुकेशन लिडरशिप अवार्ड’ प्रदान गरिएको हो ।

शिक्षा र उद्यमशीलताको क्षेत्रमा नेपालमा मात्रै नभई विदेशमा समेत योगदान पुर्याउँदै आएका निर्देशक कँडेलले विद्यार्थीहरुलाई विश्वव्यापी अवसरहरु प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनको कुशल नेतृत्वका कारण ब्रिटिस कलेज शैक्षिक उत्कृष्टताको केन्द्र बन्न सफल भएकोले अवार्डबाट सम्मानित भएका हुन् ।

‘यस अवार्डबाट सम्मानित हुन पाउनु गौरवको विषय हो । यसलाई ब्रिटिस कलेजमा हामीले गरिरहेको उत्कृष्ट कामको प्रतिबिम्बको रुपमा लिएको छु,’ अवार्डबाट सम्मानित भएपछि प्रतिक्रिया दिँदै निर्देशक कँडेलले भने, ‘यो मेरो मात्र एकल उपलब्धि नभई हाम्रो टिमले नेपालको शैक्षिक योगदानको लागि गरेको गरेको मेहनतको नतिजा हो ।’

एशियन प्रोफेसनल अचिभमेन्ट अवाड्र्स सामाजिक र व्यवसायिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका व्यक्ति तथा संस्थाहरुलाई २०१९ देखि अवार्ड प्रदान गर्ने संस्था हो । चुनौतिपूर्ण समयमा पनि शिक्षा र आर्थिक विकासको क्षेत्रमा प्रभावशाली भूमिका निर्वाह गर्ने व्यक्तिहरुलाई यस वर्ष पनि अवार्ड प्रदान गरिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : ४७ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर