१ पुस २०८२, मंगलबार | December 16, 2025

नामिबियामाथि युएईको कीर्तिमानी जित



काठमाडौं । युएईले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा युएईले नामिबियाविरुद्ध कीर्तिमानी एक विकेटको जित हासिल गरेको हो ।

नामिबियाले दिएको ३१४ रनको लक्ष्य पछाएको युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । युएईले एकदिवसीय क्रिकेटमा तीन सयभन्दा बढी रनको लक्ष्य चेज गरेर जित हासिल गरेको पहिलो पटक हो ।

युएईको जितमा विष्णु सुकुमारणले ९७ र बसिल हमीदले ७१ रन बनाएका थिए । त्यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले माइकल भान लिंगेनको १०७ रनको शतकीय पारीको मद्धतले ५० ओभरमा ३१३ रन बनाएको थियो ।

यो जितपछि लिग-२ मा युएईको ५ खेलमा २ अंक भएको छ । त्यस्तै नामिबियाको भने १० खेलमा ८ अंक रहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ८ : ०० बजे

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि