१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

भेरी अस्पतालमा नयाँ मेसुको स्वागत



नेपालगन्ज । कुशल ब्यवस्थापनका लागि ख्याती कमाएका डा. प्रकाश थापालाई हटाएर भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेण्ट बनाएर पठाइएका डा. निराजन सुवेदी नेपालगन्ज आइपुगेका छन् । उनलाई अस्पताल प्रशासनले औपचारिक कायृक्रम गरेर स्वागत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाकाल यता कुशल ब्यवस्थापन गर्दै आएका डां थापालाई हटाएर बीर अस्पतालमा कार्यरत डा. सुवेदीलाई हालै भेरी अस्पतालमा मेसुको जिम्मेवारी तोकेर पठाएको हो ।

अस्पतालले गरेको स्वागत कार्यक्रममा डा. सुबेदीले भेरीमा कार्यरत रहँदा कसैलाई पनि शिर निहुँराउने ठाउँ नदिने प्रतिवद्दता व्यक्त गरेका छन् । नेपाल सरकारले आफुलाई काम गर्नका लागि जिम्मेवारी दिएर पठाएको भन्दै पाएको जिम्मेवारी पुरा गर्ने बताए ।

अस्पताल सबै कर्मचारीको घर जस्तै भएकोे भन्दै सेवा गर्दासम्म सबै परिवारको सदस्य भएको बताए ।

स्वागत कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्रबहादुर शाहले नवनियुक्त मेसु डा. सुवेदीलाई आफुहरुले पुर्ण रूपमा सहयोग गर्ने वचन दिए । ुसबैको सहकार्यले अस्पताल बनाउने हो, मैले यो बीचमा धेरै टीका टिप्पणीहरु सामाजिक संजालमा देखे, कतिको रोईलो पनि देखियो, यो राम्रो कुरा होइन,ु उनले भने ।

कर्मचारीलाई सचेत गराउँदै अध्यक्ष शाहले अस्पताल विकास समिति वा अस्पताल प्रशासनप्रति कुनै गुनासो छ भने बसेर छलफल गर्न सकिने उल्लेख गर्दै अनावश्यक रुपमा टिप्पणी गर्ने छुट कसैलाई नभएको बताए । चेतावनीको भाषामा उनले भने, ( ुतपाईले आफ्नो जिम्मेवारी पूरा गर्नुस, आफ्नो जिम्मेवारी अनुसार काम गर्नुस, अबका दिनमा कुनै कुरा सुन्न नपरोस् ।ु

कार्यक्रममा अस्पताल विकास समितिका सदस्य किरण आचार्य, हालै हटाइएका मेसु डा. प्रकाश थापा लगायतले नवनियुक्त मेसु सुवेदीलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा पूर्व मेसुहरु, विभिन्न विभागका प्रमुख, नर्सिङ प्रशासक, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  २ : ०१ बजे

प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ : परराष्ट्र

काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा

सीमाविद् र विज्ञहरूबाट प्रधानमन्त्रीको अभिव्यक्ति प्रति खेद प्रकट

काठमाडौँ । सीमाविद् र विज्ञहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा

संयोजक प्रचण्डको स्वास्थ्य अवस्था स्थिर : अस्पताल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

एन आई सी एशिया बैंकले फलाखु खोला जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो

बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो हो : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४