२३ चैत्र २०८२, सोमबार | April 6, 2026

मुख्यमन्त्री आचार्यको आह्वान : लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी पर्यटकलाई निम्तो



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी तथा विदेशी पर्यटकहरुलाइ लुम्बिनी प्रदेश भ्रमण गर्न आह्वान गरेका छन ।

दाङको घोराहीमा आयोजना गरिएको विश्व पर्यटन दिवस कार्यक्रमलाइ सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले “लुम्बिनी घुमौं” अभियानलाई व्यापक बनाउने उद्घोष गरे ।
“म सबैमा आह्वान गर्न चाहन्छु, लुम्बिनी प्रदेशको एक पटक अवश्य भ्रमण गरौं” उनले भने, – “लुम्बिनी प्रदेश पर्यटनको केन्द्र हो । हरेक हिसाबले लुम्बिनी समृद्ध छ । हाम्रो प्रदेश मिनि नेपालको रुपमा स्थापित छ । एकपटक लुम्बिनी भ्रमण गर्न सबैमा निमन्त्रणा गर्दछु ।”

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी पर्यटन सर्किटलाई स्थापित गर्ने बताए । “लुम्बिनी आएका पर्यटकलाई १२ जिल्लाको भ्रमण गराउनेगरी पर्यटन सर्किट बनाउने गरि काम भइरहेको छ ।” उनले भने, – “विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय स्तरमा पनि समन्वय भइरहेको छ ।” प्राकृति रुपमा लुम्बिनी समृद्ध रहेको र यसबाट विकासको आधार निर्माण गरिने बताए । “लुम्बिनी प्रदेश पर्यटक दृष्टिकोणले एक नम्बरमा पर्छ । पर्यटनको प्रचुर सम्भावना छ” उनले भने, – “विभित्र जातजाति, समुदायको कला संस्कृतिले लुम्बिनीको पहिचान विश्व समुदायमा पुगेको छ ।”

लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाएको छ । उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा ४५ औं पर्यटन दिवस घोराहीमा मनाइएको हो । पर्यटन, न्याय र शान्ति मुल नारा सहित उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीले पर्यटनको विकासबाट समृद्धी हासिल गर्न सकिने प्रसस्त आधारहरु रहेको बताए । “पर्यटन दिवसले रोजगारीको अवसर सृजना गर्छ । स्थानीय उत्पादनको बजारीकरण गर्न मद्दत गर्छ । यसले समग्र विकासमा टेवा पुग्छ” उनले भने, – “पर्यटन समृद्धिको आधार हो । यहाँका नागरिकको जीविकोपार्जन गर्न अवसरहरु सृजना गर्दछ ।”

थरिथरि झाँकी र रैथाने परिकारको उत्सव

पर्यटन दिवसलाइ विभिन्न समुदायको झाकि, रैथाने परिकार, हस्तकलाका सामाग्री प्रदर्शनीले भव्य बनाइएको छ ।

गणेशपुर तुलसीपुरले गन्धर्व समुदायको मालाश्री सारङ्गि धुन, अवधी संरक्षण प्रतिष्ठान गढवाले अवधी नाच, देउखुरीका थारु समुदायले कठघोरी नाच प्रस्तुत गरेका थिए । नेवारी समुदायको लाखे नाच, तुलसीपुर गरगरवाका स्थानीयले नुवागाउँले सोरठी नाच प्रस्तुत गरेका थिए ।

पाल्पा मिस्दी गाउँपालिकाको कोरा नाच, घोराही-१० को थारु समुदायको वडका नाच, लुकमेली खाम समाजको भुम्या नाच, घोराहीका थारु समुदायले थारु सख्या नाच प्रदर्शन गरेका थिए । यस्तै हातबाट बुनिएका कपडा, माटोका भाँडा, फलामका सामाग्री प्रदर्शनीमा राखिएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १ : ४९ बजे

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक