२६ असार २०८२, बिहिबार | July 10, 2025

प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन् ।

उनले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गरेका हुन् । तामाङले शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए ।

टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए ।

खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ ।

‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिए । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उनले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताए । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताए ।

काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुन् । उनका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङ ‘शुक्र’ को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गरेका थिए ।

सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताए । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ४ : १२ बजे

पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

काठमाडौँ । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

करदाता शिक्षा र कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालयलाई करको दर भन्दा करको दायरा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौँ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच

आगलागीमा परेर काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा

एनपिएल आयोजनाको तयारीमा लाग्न राखेपलाई प्रधानमन्त्रीको निर्देशन

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को