३१ भदौ २०८३, बुधबार | September 16, 2026

१६ महिनापछि पक्राउ परेका नगरप्रमुख नेपालीलाई अदालत पेस



बागलुङ । बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई आज जिल्ला अदालत बागलुङमा पेस गरिएको छ ।

१६ महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो । नेपालीलाई काठमाडौँबाट आइतबार बागलुङ ल्याइएको हो । उनलाई म्याद थप गरी आजै बयान लिइने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनिल शर्मा चिलवालले जानकारी दिए ।

चिलवालका अनुसार उनलाई आज जिल्ला अदालत बागलुङ पेस गरिएको छ । नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी भएको थियो । नेपाल प्रहरीले भारतस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनलाई नेपाल ल्याइएको हो ।

सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालक विरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्षको जेठमै उजुरी दिएका थिए । देवकुमार बागलुङ आएसँगै बचतकर्ताले रकम फिर्ता पाउने आशा गरेका छन् । नगरप्रमुख नेपालीले बागलुङ र पोखराका गरी दुई अर्ब ५० करोड बढी बचत रकम अपचलन गरेको आरोप छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १० : २३ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज