११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

अखिल क्रान्तिकारीले उमेर हदको विवाद मतदानबाट टुंगाउदै



काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले उमेर हदबारेको विवाद मतदानबाट टुंगाउने भएको छ । मंगलबार मध्याह्न १२ बजेपछि मतदान प्रक्रिया सुरू गर्ने तयारी रहेको क्रान्तिकारीका नेताहरुले बताएका छन् ।

अखिल क्रान्तिकारीले उमेर हदको विवाद टुंगाएपछि बुधबार नेतृत्वका लागि निर्वाचन हुने बताइएको छ ।

विहिबारदेखि सुरू भएको महाधिवेशनमा उमेर हद लागू गर्नुपर्ने आवाज उठेपछि मुलपार्टी माओवादी केन्द्रले हलबाटै उमेर हदको विवाद टुंगाउन निर्देशन दिएको थियो ।

सोमबार मतदानको प्रक्रिया शुरु गर्ने भनिएको भएपनि  निवर्तमान उपाध्यक्ष तुकमान महरा नेतृत्वको टोलीले हंगामा गरेर कुर्सी हानाहान गरेपछि निर्वाचन प्रक्रिया रोकिएको थियो ।

अखिल क्रान्तिकारीमा नेताहरुको उमेर हद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद रहेको छ । उमेर हद लागु भएमा अहिले नेतृत्वको दाबि गरेका लगभग सबै नेताहरुको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ ।

अहिले क्रान्तिकारीको नेतृत्वको लागि  इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौं नेता अध्यक्षका आकाङ्क्षी रहेका छन् ।

यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने बताएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : ५३ बजे

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम

चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो शुरु

बुटवल । चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो प्रतियोगिता २०८३