६ श्रावण २०८३, बुधबार | July 22, 2026

राष्ट्रिय वाणिज्य बैंकले गर्यो बाढीपहिरो र डुबानबाट प्रभावितको लागि दुई करोड सहयोग



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले हालै भएको लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंक सञ्चालक समिति अध्यक्ष दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मङ्गलबार एक कार्यक्रमका बीच दुई करोड रुपैंयाको चेक रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा दुई करोड रुपैंया मङ्गलबार ट्रान्सफर गरेको हो ।

बाढीपहिरोको कारण मृत्यु हुने नागरिकहरु प्रति बैंक हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै, बैंक बाढीपहिरोकोे कारण घाइते भएका नागरिकहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ ।

उक्त कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.युवराज खतिवडा, सहसचिव विनोद कुवँर, बैंक सञ्चालक समिति सदस्यहरु महेश भट्टराई, सुशिल घिमिरे, लक्ष्मण घिमिरे, प्रा.डा.रामप्रसाद ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, उपकार्यकारी अधिकृत पवन रेग्मी, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदीको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ८ : ४० बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको