३ चैत्र २०८२, मंगलबार | March 17, 2026

खजुरामा योग समिति नेपालको ३२ औं शाखा



नेपालगन्ज । बाँकेको नेपालगन्जबाट सुरु भएको नेपाल योग समितिको ३२ औं शाखा खजुरामा विस्तार गरिएको छ । ‘स्वस्थ रहौं, मस्त रहौं’ भन्ने मुल नारालाई अङ्गिकार गर्दै योग गुरु गिरीराज भट्टराईको अग्रसरतामा गठन भएको योग समितिको ३२ औं शाखा खजुरामा विस्तार गरिएको हो ।

आज एक कार्यक्रमकाबीच शिबिर सहितको शाखाको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले उदघाटन गरे । उदघाटनको अवसरमा बोल्दै उनले योगलाई बिज्ञानसँग जोडेर अगाडी बढ्न योग अभियन्ताहरुलाई आग्रह गरे । योगको महत्वका बारेमा नागरिक स्तरमा चेतना बढ्दै गएको उल्लेख गर्दै स्वास्थ जीवनका लागि योग बरदान साबित हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले नेपाल योग समितिले चालेको स्वयम सेवाको कदमको प्रशंसा गरिन् । उनले स्थानीय सरकार योग अभियन्तासँग मिलेर जान इच्छुक रहेको बताईन् ।

योग गुरु गिरीराज भट्टराईले जिल्लामा सयौं योद्धाहरु सेवा भावमा परिचालित भएको जनाउँदै योग समितिको एउटै उद्देश्य सबैलाई स्वस्थ र मस्त जीवन बिताउने ज्ञान बाँड्नु रहेको बताए । उनले निशुल्क संचालन हुने योग शिबिरबाट लाभ लिन खजुराबासीमा आग्रह गरे ।

कार्यक्रममा लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठ, खजुराका शैक्षिक अगुवा माधव शर्मालगायतले योग शिबिरले सार्थकता पाउनु पर्ने भन्दै सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ८ : ३७ बजे

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण