७ चैत्र २०८२, शनिबार | March 21, 2026

प्रादेशिक कार्यसम्पादनमा बर्दिया अस्पताल प्रथम



नेपालगन्ज । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको गत आर्थिक बर्ष २०८०/८१ को कार्यसम्पादन मुल्याङ्कनमा बर्दिया अस्पताल प्रथम भएको छ । प्रदेशस्तरीय समीक्षा कार्यक्रममा कार्यसम्पादन मुल्याङ्कनमा स्वास्थ्य कार्यालय तर्फ पाल्पा प्रथम भएको छ भने रोल्पा द्धितिय र गुल्मी तृतिय भएको छ । यस्तै अस्पताल तर्फ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल द्धितिय र अर्घाखाँची अस्पताल तृतिय भएको छ ।

आयुर्वेद तर्फ अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र प्रथम भएको छ भने लुम्बीनी आयुर्वेद चिकित्सालय द्धितिय र कपिलबस्तु आयुर्वेद चिकित्सालय तृतिय भएको छ । स्वास्थ्य कार्यालय, अस्पताल तथा आयूर्वेद स्वास्थ्य केन्द्रलाई उत्कृष्ट घोषणा गर्दै समिक्षा कार्यक्रमकै अवसरमा पुरस्कृत गरिएको छ ।

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशस्तरीय समीक्षा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य कार्यालय, आयूर्वेद चिकित्सालय र अस्पतालहरुलाई पुरस्कृत गर्दै सबै अस्पताल, स्वास्थ्य कार्यालय र आयूर्वेद चिकित्सालयको सेवालाई गुणस्तरीय बनाउन निर्देशन दिएका छन् । ‘यहाँबाट जारी भएको घोषणापत्रको अक्षरंस पालना गर्दै सवै स्वास्थ्य संस्थाको सेवाप्रवाहलाई गुणस्तरीय बनाउन जरुरी छ’ उनले भने, ‘सबै निकायविचको सहकार्यले उत्कृष्ट बनाउन सकिन्छ ।’

प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ लाई संशोधन गरी प्रदेशका विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक सहुलियत कार्यक्रम जिल्ला स्थित स्वास्थ्य कार्यालयमार्फत सिफारिस हुने व्यवस्था मिलाउनेगरी कार्यविधि संशोधनको तयारी समेत गरिएको उनले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा १२ वटा स्वास्थ्य कार्यालय, १३ वटा आयूर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्र छन् । यस्तै १४ वटा अस्पताल छन् । स्वास्थ्य कार्यालय, आयूर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्र र प्रादेशिक तथा जिल्ला तहमा रहेका अस्पतालले दिने सेवा प्रवाह, सेवाग्राहीको सन्तुष्टी लगायतका बिषयलाई समेटेर तयार पारिएको सुचांकको आधारमा उत्कृष्ट घोषणा गरिएको हो ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ८ : ५८ बजे

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान