६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ : मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानी मैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताएका छन् । रुपन्देही उद्योग सङ्घको ४६औँ वार्षिक साधारणसभालाई आज बुटवलमा सम्बोधन गर्दै उनले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकारले उच्च प्राथमिता दिनुपनेै बताएका हुन् । उनले प्रदेश सरकारले अगाडि बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने समेत स्पष्ट पारे ।

लुम्बिनी प्रदेश सरकारले तराईका केही जिल्लामा औद्योगिक क्षेत्र बनाउने निर्णयलाई कार्यान्वयन गर्नेगरी काम अघि बढ्ने जानकारी दिँदै उनले उद्योगी, व्यवसायीको उत्साहसंग प्रदेशको समग्र विकासको सम्वन्ध जोडिएको बताए । मुख्यमन्त्री आचार्यले सरकारले उद्योगी मैत्री नीति अलवम्बन गरेको दाबी गरे।

“जवसम्म उद्योगी, व्यवसायीले निर्विवाद ढंगले उत्साहित बनाएर सरकार अघि बढ्न सक्दैन, तव सम्म मुलुकको पनि उन्नती हुन सक्दैन । प्रदेशको पनि विकास हुन सक्दैन । विकास गर्नेभनेकै नीजि क्षेत्रले हो”, मुख्यमन्त्री आचार्यले भने,“सरकारले लगानीको वातावरण बनाउँछ । लगानी गरेर विकास गर्ने भनेको नीजि क्षेत्रले हो ।”

मुख्यमन्त्री आचार्यले परनिर्भर होइन, आत्मनिर्भर हुन जरुरी रहेको जनाउँदै उत्पादनको क्षेत्रमा लगानी बढाउन उद्योगी, व्यवसायीलाई आग्रह गरे । उनले स्थानीय उत्पादनलाई बढाउने र आयात भन्दा निर्यातमा जोड दिन जरुरी रहेको र स्वदेशी उत्पादनलाई बढाउन सरकारले पनि साथ दिने स्पष्ट पारे ।

प्रदेश सरकारले बनाएका कानुनबाट उद्योग र व्यवसायका क्षेत्रमा काम गर्न सन्दर्भमा कुनै समस्या परेको भए त्यसलाई सहजीकरण गरेर, त्यो कानुनलाई संशोधन गरेर उद्योगीमैत्री बनाउनको निमित्त प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री आचार्यले जानकारी दिए । सो अवसरमा उनले उद्योगी, व्यसायीको सुझावलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  २ : ३५ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन