१९ माघ २०८२, सोमबार | February 2, 2026

सडक संजाल चुनौतीपूर्ण बनेको यातायात ब्यवसायीहरुको गुनासो



बुटवल । सुरक्षित यात्राको लागि सडक संजाल चुनौती बनेको यातायात ब्यवसायीहरुले गुनासो गरेका छन । पश्चिम नेपाल बस ब्यवसायी प्रालिले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा ब्यवसायीहरुले यात्रुहरुलाई यातायात सेवा सहज बनाउने गरि लागेपनि सडक संजाल चुनौती बनेको बताएका हुन् ।

उनीहरुले चाडपर्वमा हुने गरेको अपराधिक घटना र ठगी रोक्न आवश्यक रहेको बताउँदै चाडपर्वमा हुने गरेको अपराधिक घटना र ठगी रोक्न सबै चनाखो बन्नु पर्ने बताए ।

कार्यक्रमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले स्थानीय सरकार नगरबासीहरुको सुविधा र सेवालाई प्राथमिकतामा राखेर काम गर्दै आएको दाबी गरे । उनले चाडपर्वमा हुने गरेको अपराधिक घटना र ठगी रोक्ने गरि विभिन्न सरोकारवाला निकायहरुसंग सहकार्य गरिएको जानकारी दिए ।

पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले आम ब्यवसायीहरुको हकहितसंग उपभोक्ताहरुको सुविधाको विषयमा संस्था सधै गम्भिर रहेको बताए ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले शान्तिसुरक्षाको विषयको गलत भाष्य बनाउन नहुने बताउँदै बढी भाडा लिने, क्षमताभन्दा बढि सवारी चढाउने जस्ता गुनासोप्रति विशेष चासो दिएर रोक्नेतर्फ आफुहरु लागेको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले चाडबाडको बेला यात्रुको सुरक्षालाई ध्यान दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा दुर्घटनामा ज्यान गुमाएका प्रालि अन्तर्गतका सहचालक एवं पश्चिम नेपाल बहुउदेश्यीय सहकारी संस्थाका शेयर सदस्य सन्तोष बिकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरिएको थियो । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डे, पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष खरेल, सगरमाथा लुम्बिनी ईन्सुरेन्स कम्पनी लिमिटेडका प्रदेश प्रमुख विश्वदिपक नेपालले बिकका परिवारका सदस्य श्रीमती बिबिता श्रीष र छोरा कुशल सुनार (नाबालक) लाई १५ लाख रुपैया रकम हस्तान्तरण गरेका थिए । एउटा कर्मचारीको परिवारको हितमा संस्थागत रुपमा ठुलो सहयोग गर्न सफल भएको अध्यक्ष खरेलले बताए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १० : २६ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन