४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १४ घण्टामात्र संचालन हुने

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न नागरिक उड्डयन प्राधिकरणको आग्रह



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका क्रममा विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक रुपमा उडान सङ्ख्या व्यवस्थापन गरिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले २१ घण्टा विमानस्थल सञ्चालन समय १४ घण्टामा सीमित गर्ने हुँदा हाल भइरहेका राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारेको छ ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृिद्ध गर्ने उद्देश्यले आगामी कात्तिक २३ गतेदेखि लागू हुनेगरी करिब छ महिना हालको उडान समय १४ घण्टामा सीमित हुने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार नेपाल र सम्बन्धित मुलुकबीचका द्विपक्षीय तथा बहुपक्षीय हवाई सेवा सम्झौताको आधारभूत मान्यताबमोजिम विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक उडान सङ्ख्या व्यवस्थापन गरिएको हो ।

हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठकाअनुसार विमानस्थलको पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार हुनेछ ।

प्रचलित कानुनले तोकेको सीमाको परिपालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्तविपरीत उड्डयन क्रियाकलाप नगर्न÷नगराउन सम्बद्ध पक्षलाई आग्रह गर्दै प्राधिकरणले कुनै उड्डयनसँग सम्बन्धित सेवा प्रदायक कम्पनीले कानुनी व्यवस्थाको बर्खिलाप हुनेगरी काम गरेमा कारबाही गरिने जनाएको छ । साथै प्राधिकरणले विमानस्थलमा अहोरात्र खटेर २४सै घण्टा हवाई सेवा प्रदान गर्ने सम्पूर्ण उड्डयनकर्मी तथा राष्ट्रसेवकमा धन्यवादसमेत व्यक्त गरेको छ ।

प्राधिकरणले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई प्राधिकरणले विशेष अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ९ : ३४ बजे

एमालेले १० महिनापछि फिर्ता गर्‍यो विद्या भण्डारीको सदस्यता

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने

Changing Koshi Province through Chinese modern agricultural technology

Jhapa : the China–South Asia Poverty Alleviation and Development Cooperation

चिनियाँ आधुनिक कृषि प्रविधिले बदलिँदै कोसी

झापा। झापाको परम्परागत कृषि क्षेत्रलाइ आधुनिक, व्यावसायिक र जलवायु(अनुकूल बनाउन

नेपालगन्जमा पेट्रोलियम पदार्थको हाहाकार, पम्पहरुमा पेट्रोल/डिजल छैन भन्ने सूचना टाँस

नेपालगन्ज । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको सूचनाकै आधारमा

मालपोत कार्यालय भैरहवाका नायब सुब्बा खाम्चाविरुद्ध घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा