१ पुस २०८२, मंगलबार | December 16, 2025

भाटभटेनीका मालिक मीनबहादुरले दिए एमालेलाई करोडौंको जग्गा उपहार

मीनबहादुर दम्पत्तिकै हातबाट एमाले मुख्यालयको शिलान्यास



काठमाडौं । सत्तारुढ नेकपा एमालेलाई भाटभटेनीका संचालक मीनबहादुर गुरुङले जग्गा उपमहार दिएका छन् । कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा गुरुङले १० रोपनी १४ आना जग्गा उपहार दिएका हुन् ।

गुरुङले प्रदान गरेकै जग्गामा एमालेको केन्दीय कार्यालय बन्ने भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा आज कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा केन्द्रीय कार्यालयको शिलान्यास भएको छ । उद्यमी गुरुङ दम्पत्तिले विशेष पूजाअर्चना गरेर एमाले केन्द्रीय कार्यालयको शिलान्याश गरिएको छ ।

उद्यमी मीनबहादुर र सावित्री गुरुङले प्रदान गरेको १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले जानकारी दिए । हालको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेकोे हो ।

यसैबीच, व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताए । एक वर्षभित्र भवन निर्माण गर्ने उनले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  २ : ३७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज