१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

दसैंको बिहानै कोहलपुरमा टाउको नभएको शव फेला



कोहलपुर । दसैँकै दिन कोहलपुरमा एक जनाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । दसैंको गयराति (शनिबार राति) कोहलपुर नगरपालिका– ८ पिपिरीमा एक पुरुषको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेहको हो ।

पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितल नगरमा शनिबार राति हत्या गरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । टाउको नभएको अवस्थामा फेला परेको शव स्थानीय करिब ३५/४० वर्षीय चन्द्रबहादुर कामीको रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार शवको चन्द्रबहादुरका बुबाले सनाखत गरेका थिए । घरदेखि करिब पाँच सय मिटर टाढा चन्द्रबहादुरको हत्या भएको अवस्थामा शनिबार राति नै शव फेला परेको थियो ।

शनिबार राति करिब साढे १२ बजेको समयमा स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । मृतक चन्द्रबहादुरको टाउको अझै नभेटिएको बाँके प्रवक्ता डीएसपी आयुस जोशीले बताए । घटना १२ बजेअघि नै भइसकेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले टाउको बिनाको शवलाई आवश्यक प्रक्रिया पु¥याएर पोस्टपार्टम्का लागि भेरी अस्पताल नेपालगन्ज पठाएको र घटनाको अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए ।

घटनास्थलदेखि करिब दुई सय मिटर पूर्वमा रहेको सरस्वती चोकमा जडान गरिएको सीसि क्यामेरामा एक युवक कालो प्लास्टिकको झोला बोकेर गइरहेको देखिएको आधारमा प्रहरीले शंकास्पद केहीलाई सोधपुछ सुरु गरेको छ । अनुसन्धानका लागि नियन्त्रणमा लिएका ब्यक्तिको बारेमा भने प्रहरीले बताउन चाहेन । शंकास्पदलाई बोलाएर सोधपुछ गर्ने क्रम जारी रहेकाले छिट्टै निश्कर्षमा पुग्ने छौं । उनले भने ।

राति नै प्रहरीले घटनास्थलमा कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा कोहलपुरको तालिमप्राप्त कुकुर परिचालन गरि अनुसन्धान थालेको थियो । हत्या गरिएका चन्द्रबहादुरको टाउकोको खोजी र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

केही दिनअघि मात्र नेपालगन्ज बसपार्क क्षेत्रमा अनुहार क्षतविक्षत गरी हत्या गरिएको अवस्थामा एक २८ वर्षिय पुरुषको शव भेटिएको थियो जसको अझै सनाखत हुन सकेको छैन । दुवै घटनाको अनुसन्धान जारी रहेको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  १० : ४४ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ