१५ असार २०८३, सोमबार | June 30, 2026

गृह जिल्लाको शक्तिपीठ दर्शनमा मुख्यमन्त्री आचार्य, पुरातात्विक सम्पदाको संरक्षण गरिने



अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गृहजिल्ला अर्घाखाँची जिल्लामा रहेका विभिन्न शक्तिपीठहरुको दर्शन गर्नु पुगेका छन् । दसैं मनाउन जिल्ला पुगेका मुख्यमन्त्री आचार्यले जिल्ला स्थित ऐतिहाँसिक तथा पुरातात्त्विक महत्त्व बोकेका धार्मिक स्थलहरुको दर्शन गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले मालारानी गाउँपालिका-८ मा रहेको रागामारे मन्दिर र वडा नम्बर-३ मा रहेको मालारानी मन्दिरको दर्शन गरे । सो अवसरमा उनले जिल्लाका ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेका धार्मिक स्थलहरुलाई पर्यटकीय गन्तव्य स्थल बनाउनेगरी काम अघि बढेको जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारले पुरातात्त्विक महत्त्व बोकेका मठ, मन्दिर तथा सम्पदाको संरक्षण, सम्बर्द्धन र विकासका लागि प्राथमिकतामा राखेको, लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा प्राकृतिक स्थलहरुलाइ जोड्नेगरि योजना बनाएको उनले बताए ।’सबै धर्म, संस्कृति, परम्परा, सम्पदाहरुलाइ प्रदेश सरकारले समान महत्त्व दिन्छ । पुरातात्त्विक सम्पदाको संरक्षणका लागि सरकारले योजना बनाउछ,’ उनले भने, -‘समुदायको साथ, सयोग र सहकार्यबाट संरक्षण, सम्बर्द्धनका कामहरु हुन्छन ।’

प्रदेश सरकारले विश्व पर्यटन दिवसको सन्दर्भ पारेर ‘घुमौं लुम्बिनी’को लागि आह्वान गरेको थियो । ‘घुमौं लुम्बिनी’ कार्यक्रममा गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुका पुर्‍याउने योजना अघि सारिएको हो । समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको संकल्प पूरा गर्ने आधार कृषि, पर्यटन र उद्योगलाई मानिएको छ । पर्यटन मैत्री वातावर्ण निर्माणको जिम्मा सरकारले लिने मुख्यमन्त्री आचार्यको भनाइ छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १२ : १४ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै