२३ चैत्र २०८२, सोमबार | April 6, 2026

बुटवल हस्पिटल प्रा.लिको पूर्वमन्त्री खांण सहितका नेताहरुबाट अवलोकन, नमुना अस्पताल निमार्ण भएको धारणा



बुटवल । बुटवलमा निमार्ण सम्पन्न भई उपचार सेवा शुरु भएको बुटवल हस्पिटल प्रा.लिको पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले अवलोकन गरेका छन । मंगलबार पूर्वमन्त्री खांण सहितका नेताहरुले अस्पतालको नवनिर्मित भवन, उपकरण तथा सेवाका बारेमा जानकारी लिएका हुन । बुटवलमा नीजि क्षेत्रको एक सय शैयाको आफ्नै भवनमा बनेको बुटवल हस्पिटल प्रा.लि पहिलो अस्पताल हो ।

अस्पतालको अवलोकन प्रश्चात पूर्वमन्त्री खांणले भने, -‘बुटवल धेरै हिसाबले अब्बल रहेपनि स्वास्थ्य क्षेत्रमा कता कता पछाडी हो कि भन्ने थियो, अव बुटवल हस्पिटल प्रा.लिले त्यसको अन्त्य गरेको हुनु पर्दछ । संविधानले परिकल्पना गरे अनुसार स्वास्थ्यको हक नागरिकहरुको मौलिक अधिकार भएपनि सबैको पहुचमा सरकार पुग्न नसकेको भन्दै पूर्वमन्त्री खांणले नीजी क्षेत्रले सरकारले गर्न नसकेका कामहरु गरेर नागरिकको ज्यान बचाउने काम गरेको बताए ।

बुटवल हस्पिटल प्रा.लिले दुखी गरिब आसहाय बिरामीहरुको उपचारमा पनि मद्त गर्ने विश्वास व्यक्त गर्दै उनले यो हस्पिटल यस क्षेत्रकै गहना भएकोले सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताएका छन ।

सो अवसरमा अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले नीजि क्षेत्रबाट भएको प्रयासलाई तीन तहका सरकार र नागरिकहरुले सकारात्मक ढंगले सहयोग गरे आफुहरुको हौसला बढ्ने बताए । उनले बुटवलबाट उपचारकै लागि भारतिय शहरहरुमा गएर बिरामीले धेरै दुखकष्ट पाउनुका साथै ठुलो धनराशी खर्च भैरहेको बेला आफ्नै स्थानमा बनेको अस्पतालको संरक्षणमा सबैको साथ पाउने अपेक्षा गरे ।

उनले छिट्टै नर्सिंङसहितका कार्यक्रमहरु पनि अघि बढाउने बताउदै राज्यले तोकेको मापदण्ड अनुसार स्वास्थ्य क्षेत्रलाई अघि बढाउनुपर्ने बताए ।

अस्पतालको अवलोकनका क्रममा गण्डकी प्रदेशका अर्थ मन्त्री डा टुक बहादुर गुरुङ, नेपाली कांग्रेस लुम्बिनी प्रदेशक ससदिय दलका प्रमुख सचेतक जमुना ढकाल, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, बुटवल वडा न ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेल, बुटवल वडा न ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, नेपाली कांग्रेसका नगर उपसभापती ज्योती भण्डारी, बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारी, बुटवल हस्पिटल प्रा.लिका सचिव मोहन पाण्डे, अस्पतालका निर्देशक डा कृष्ण खनाल लगायतले अस्पतालका विषयमा धारणा राखेका थिए । आजभन्दा २४ वर्ष अघि स्थापना भएको यो अस्पतालमा विभिन्न विधाका ३५ जना कन्सल्टेण्ट डाक्टरहरु सहित २ सय ५० जना कर्मचारीहरु रहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १ : ०७ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।