२० भदौ २०८३, शनिबार | September 5, 2026

बुटवलमा कार्तिक ३ गते वर्ल्डलिंक ‘सज्जन राज वैद्य : एकादेशमा नेपाल टुर २०२४’ लाइभ कन्सर्ट हुने



बुटवल । युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्यको नेपाल टुर अन्तरगत शनिबार बुटवलमा लाइभ कन्सर्ट हुने भएको छ । चितवनबाट सुरु भई काठमाडौंसहित देशका पाँच प्रमुख सहरमा आयोजना गर्न लागिएको वर्ल्डलिंक ‘एकादेशमा नेपाल टुर २०२४’ अन्तरगत बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ६ हजार बढी दर्शकमाझ सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुन लागेको विहिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

बुटवलमा विभिन्न ४ वटा इभेन्ट अर्गनाइजरहरुको सहकार्यमा कन्सर्ट आयोजना गर्न लागिएको आर्विडरी इभेन्टसका निर्देशक विपिन नकर्मीले जानकारी दिए । दर्शकका लागि अनलाइन पे खल्तीमा टिकट बुकिङ खुला गरिएको उनले जानकारी दिए । लोकल इभेन्ट अर्गनाइजर हिमाल आचार्यका अनुसार जनरल, फ्यान अडियन्स र भिआईपी गरी ३ समूहमा विभाजन गरी १ हजार ५ सय, २ हजार र २ हजार ५ सय टिकट दर कायम गरिएको उनले जानकारी दिए । शनिाबर दिउँसो ३ बजेदेखि हुने कार्यक्रममा अनलाइन बुकिङ नगरेका दर्शकहरुका लागि क्यास काउन्टरबाट पनि टिकट उपलब्ध गराइने एमएन प्रोडक्सनका निर्देशक अक्षर श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा लागि आफ्नै साउण्ड सिस्टम तथा लाइटिङ तथा विश्वका चर्चित व्याण्डहरुमा अनुभव प्राप्त ७ जना साउण्ड इन्जिनीयर रहेको आयोजकले जनाएको छ । बुटवलमा हुने इभेन्ट सम्पन्न गर्नका लागि ९० लाख बढी खर्च अनुमान गरिएको बताउँदै आयोजकले यहाँबाट हुने आम्दानीको केही रकम बुटवलमै आँखा शिविर सञ्चालनका लागि सहयोग गर्ने जनाएको छ । यो इभेन्ट बुटवलमा हालसम्मकै ठूलो हुने आयोजकको दाबी छ ।

सज्जन राज वैद्य हालका सफल र श्रोताहरुका प्रिय संगीतकर्मीमध्ये एक हुन् । ‘हवाइजहाज’, ‘चिट्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’ जस्ता उनका गीतहरू नेपाली युवा पुस्तामा अत्यधिक चर्चित छन्, । उनका गीतहरूले पछिल्लो समय युट्युबमा करोडौं भ्युज पाउने गरेको छ । नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराउँदै आएका सज्जनका गीतहरूले उनलाई समकालीन नेपाली संगीतको आइकन बनाइसकेका छन् । यो टुर सज्जनको पहिलो आधिकारिक नेपाल टुर हो ।

यस सांगीतिक यात्राका अन्य कार्यक्रमहरू कात्तिक १६ गते पोखरा, कात्तिक २४ गते इटहरी, र मंसिर १ गते काठमाडौंमा आयोजना गरी समापन हुने छ । वर्ल्डलिंकले यस टुरलाई प्रायोजन गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  १० : २६ बजे

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये