५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कार्तिक ३ गते बुटवलमा वर्ल्डलिंक ‘सज्जन राज वैद्य : एकादेशमा नेपाल टुर २०२४’ गुञ्जने



काठमाडौं । वर्ल्डलिंकले ‘सज्जन राज वैद्य : एकादेशमा नेपाल टुर २०२४’ को आयोजना गर्ने भएको छ। नेपालभर हुन लागिरहेको यो सांगीतिक यात्रामा चर्चित गायक तथा गीतकार सज्जन राज वैद्यले आफ्नो उत्कृष्ट प्रस्तुतिहरू दिनेछन्। यो यात्रा अन्तर्गत कात्तिक ३ (अक्टोबर १९) मा बुटवल स्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने वर्ल्डलिंकले जनाएको छ ।

सज्जन राज वैद्य हालका सफल र श्रोताहरुका प्रिय संगीतकर्मीमध्ये एक हुन् । ‘हवाइजहाज’, ‘चिट्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’ जस्ता उनका गीतहरू नेपाली युवा पुस्तामा अत्यधिक चर्चित छन्, । उनका गीतहरूले पछिल्लो समय युट्युबमा करोडौं भ्युज पाउने गरेको छ। नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराउँदै आएका सज्जनका गीतहरूले उनलाई समकालीन नेपाली संगीतको आइकन बनाइसकेका छन् । यो टुर सज्जनको पहिलो आधिकारिक नेपाल टुर हो ।

वर्ल्डलिंकले यस टुरलाई प्रायोजन गर्दै सज्जन जस्ता ठूला कलाकारहरूलाई अझ उच्च सफलतामा पुर्याउने प्रयास गरिरहेको जनाएको छ । कार्यक्रमको उद्देश्य आफ्ना दर्शकहरूसँग नजिकबाट जोडिनुका साथै नेपाली संगीतको विकास र विस्तारलाई प्रवर्धन गर्नु रहेको वर्ल्डलिंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘संगीत हाम्रो जीवनको एक महत्त्वपूर्ण हिस्सा संगीत हो र संगीतको माध्यमबाट आफ्ना ग्राहकहरु संग थप नजिकिन मद्दत गर्ने वर्ल्डलिंक विश्वास गर्दछ ।’ विज्ञप्तिमा लेखिएको छ ।

वर्ल्डलिंकका अनुसार ‘सज्जन राज वैद्य : एकादेशमा नेपाल टुर २०२४’का टिकटहरू खल्ती एपमार्फत खरीद गर्न सकिनेछ। साथै, वर्ल्डलिंक प्रयोगकर्ताहरूका लागि विशेष अवसर समेत रहेको छ। वर्ल्डलिंकको फेसबुक पेजमा रहेको सम्बन्धित पोस्टमा कमेन्ट गरि १० भाग्यशाली व्यक्तिहरूले एक्स्कुलसिभ भिभिआईपी टिकट जित्न सक्नेछन्। यी विजेताहरूले वर्ल्डलिंकद्वारा कार्यक्रम स्थानमा राखिएको भिभिआईपी बक्सबाट कार्यक्रमको मज्जा लिन पाउने आयोजकले जनाएको छ।

यस ‘सज्जन राज वैद्य : एकादेशमा नेपाल टुर २०२४’, आरबिटरि इभेन्ट र एमएल प्रोडक्सनद्वारा आयोजना गरिएको हो ।

यस सांगीतिक यात्राका अन्य कार्यक्रमहरू कात्तिक १६ (नोभेम्बर १) मा पोखरा, कात्तिक २४ (नोभेम्बर ९) मा इटहरी, र मंसिर १ (नोभेम्बर १६) मा काठमाडौँमा आयोजना हुनेछन्।

 

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १ : २९ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत