८ आश्विन २०८३, बिहिबार | September 24, 2026

द ब्रिटिस कलेजका विद्यार्थी शर्मा बने विश्वकै सर्वोत्कृष्ट



काठमाडौ । द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)का विद्यार्थी आशुतोष शर्मा शतप्रतिशत अंक प्राप्त गर्दै विश्वकै सर्वोत्कृष्ट विद्यार्थी बनेका छन् ।

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको बीपीसीका विद्यार्थी शर्माले गत सेप्टेम्बरमा भएको एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अन्तर्गत फाइनान्सियल रिपोर्टिङको परीक्षामा पूर्णाङ्क प्राप्त गरेका हुन् ।

बीपीसी÷एसीसीएका विद्यार्थीहरुले विगतदेखि निरन्तर रुपमा विश्वमै सर्वोत्कृष्ट अंक प्राप्त गर्दै आएका छन् । अघिल्ला रेकर्डहरुलाई तोड्दै यस पटक शर्माले सर्वोत्कृष्ट अंक प्राप्त गरेका हुन् । यससँगै उनी नेपालबाट पहिलो पटक शत प्रतिशत अंक ल्याउने विद्यार्थी पनि बनेका छन् ।

यसअघि बीपीसीमा अध्ययनरत विद्यार्थीहरु दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुन महिनामा भएको ‘ट्याक्सेसन’ विषयको परिक्षामा क्रमशः ९८ प्रतिशत ल्याउँदै विश्वकै दोस्रो र ९७ प्रतिशत अंक ल्याउँदै विश्वकै तेस्रो स्थान हासिल गरेका थिए । त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हासिल गरेका थिए । रिया मानन्धर र रेजिका महर्जन पनि दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए ।

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तराष्ट्रिय लेखा निकाय हो । विश्वका १८० देशमा फैलिएको एसीसीएमा ५ लाख २६ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले विश्वस्तरको नतिजा ल्याउनु अविश्वसनिय उपलब्धि हो ।
‘विश्वभरीका लाखौं विद्यार्थीहरुले दिएको फाइनान्सियल रिपोर्टिङको परीक्षामा शतप्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट बन्नु एउटा असाधरण उपलब्धि हो । यस विशिष्ट नतिजाले ब्रिटिस कलेजको अध्यापन शैली अन्तर्राष्ट्रियस्तरको रहेको प्रमाणित भएको छ,’ शर्माको असाधरण उपलब्धिमा बधाई ज्ञापन गर्दै कलेजका एसीसीए सिनियर प्रोग्राम म्यानेजर दिपेन्द्र श्रेष्ठले भने, ‘यस उपलब्धिले हाम्रो शिर पनि उँचो बनाएकोले आशुतोषसँगै सम्बन्धित विषयका शिक्षकलाई पनि बधाई दिँदै आगामी दिनमा पनि यस्तै नतिजाको पर्खाइमा छौं ।’

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  १ : ५४ बजे

नारायणगढ-मुग्लिन सडकमा आज राति सवारी आवागमन बन्द

चितवन । अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम

ईश्वर पोखरेलसहित सात नेता एमाले स्थायी कमिटी सदस्य मनोनीत

काठमाडौं । नेकपा एमालेले सात जना नेतालाई स्थायी कमिटी सदस्यमा

महिला कबड्डीमा नेपालको जित, एसियाली खेलकुदमा अर्को एक पदक पक्का

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी

एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बनायो सम्मानित वरिष्ठ नेता

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं। सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई तारेखमा राखेर