३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

सडक विभागका उच्चस्तरीय टोलीद्वारा फोक्सिङटार पुल निरीक्षण



खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल-गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल बाढीले बगाएपछि सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले निरीक्षण गरेका छन् । सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख डा विजय जैसी नेतृत्वको टोलीले निरीक्षण गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराई, दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई, सडक विभागका महाशाखा प्रमुख ललिजन खनाल, पुल्चोक इन्जिनियरिङ क्याम्पसका विज्ञ डा राजन सुवाल र डा भरत मण्डलसहितको टोली फोक्सिङटार पुगेका थिए । नदीमा हाल पानीको सतह घटेको र बगाउन बाँकी रहेको २० मिटर भाग सुरक्षित रहेको निष्कर्ष निकालेको छ ।

बाढीले बगाएर बाँकी रहेको भागको भारवहन क्षमता जाँच गरेर त्यसमाथि ८० मिटर लम्बाइको बेलिबृज लगाउने या पुल बगाएको स्थानभन्दा केही माथि एक सय २० मिटरको बेलिबृज हालेर यातायात सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको पुल महाशाखा प्रमुख ललिजन खनालले जानकारी दिए । सडक विभागले ८० मिटर बढी लम्बाइको बेलिबृज भारत सरकारसँग माग गरेको र आउने बित्तिकै जडान गरिने महाशाखा प्रमुख खनालले बताए ।

बाढीले फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । बाढीले फोक्सिङटार पुल बगाएपछि जिल्लाका विभिन्न नाका जोड्ने झोलुङ्गेपुलको मर्मत सम्बन्धित स्थानीय तहले तीव्रता दिएका छन् ।

गत असोज ३० गते प्रतिनिधिसभा सदस्य रामकुमार राई नेतृत्वको जनप्रतिनिधि तथा सरोकारवाला निकायका संयुक्त टोलीले बाढीपहिरोले क्षतिग्रस्त जिल्लाका भौतिक संरचना तत्काल पुनः निर्माणको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

बाढीपहिरोले अवरुद्ध जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडक भने, पहिरो पन्छाएर सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ७ : ३६ बजे

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा