१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

सुशासन र सामाजिक न्यायका पक्षमा जनदबाब सृष्टि गर्न जनपरिचालन : माओवादी केन्द्र



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले समसामयिक राजनीतिक विषयलाई लिएर जनपरिचालन गर्ने घोषणा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले समसामयिक राजनीतिक विषयका अलावा, विपद् प्रभावित नागरिकलाई शीघ्र राहत तथा पुनःस्थापनाका लागि सरकारलाई दबाब दिने उद्देश्यका साथ जनपरिचालनको कार्यक्रम घोषणा गरिएको जानकारी दिए ।

यस्तै, सहकारी ठगी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउनुपर्ने, विपद्मा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार, राहत वितरण, घाइतेको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनःनिर्माण र पुनःस्थापना कार्यान्वयन गराउन दबाब दिन लागिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

माओवादी केन्द्रले यही कात्तिक १० गते हुने राजधानी काठमाडौँमा जनपरिचालनको कार्यक्रम घोषणा गरेको उनको भनाइ छ । माओवादी केन्द्रले यसअघि विपक्षी दलकोतर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा जनदबाब सृष्टि गर्न आफूहरुले प्रदर्शन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ । संविधान र लोकतन्त्रको रक्षा एवं समसामयिक राजनीतिक विषयमा पार्टीको भूमिका थप विस्तार गर्ने उद्देश्यका साथ पार्टीले केही कार्यक्रम घोषणा गरेको प्रवक्ता सापकोटाको भनाइ छ ।

सो अवसरमा माओवादी केन्द्रका वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले कार्यक्रमबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ८ : ५० बजे

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र

दल फरक भए पनि देश एउटै हो, सँगै उठ्नुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद भिष्मराज आङ्देम्बेले राजनीतिक

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको