६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

लुम्बिनी प्रदेश सरकारले अवकाश प्राप्त राष्ट्रसेवकको ज्ञान, सीप र अनुभव उपयोग गर्ने

प्रदेश खेलकुद परिषद्मा थप १३ जना सदस्य मनोनयन



लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रशासन, सुशासन र विकासलगायतको क्षेत्रमा अवकाश प्राप्त राष्ट्रसेवकको ज्ञान, सीप र अनुभवको उपयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले अवकाश प्राप्त राष्ट्रसेवकको ज्ञापन, सीप र अनुभवको उपयोग गर्नेसम्बन्धी कार्यविधि २०८१ स्वीकृत गरेसँगै सो बाटो खुलेको हो ।

सरकारले सार्वजनिक प्रशासन तथा व्यवस्थापन, कुटनैतिक, सुरक्षा व्यवस्थापन, न्याय तथा कानुन, भौतिक पूर्वाधार तथा इन्जिनियरिङ, सामाजिक विकासलगायत क्षेत्रलाई आधार मानेर विशेषज्ञताको सूची तयार पार्नेछ । प्रशासन, सुशासन र विकास व्यवस्थापनलगायतका काम गर्न विशेषज्ञताको प्रयोग गर्ने जनाइएको छ ।

यस्तै बैठकले सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना २०८१ स्वीकृत गरेको छ । रणनीतिमा नैतिकता तथा सदाचारिता प्रवर्द्धन, व्यावसायिकता अभिवृद्धि, सार्वजनिक सेवा प्रवाह, वित्तीय सुशासन, आयोजना कार्यान्वयन, कानुन तर्जुमा र कार्यान्वयन, पारदर्शिता, सामाजिक जवाफदेहिता तथा उत्तरदायित्व प्रवर्द्धनलगायतका विषय समेटिएका छन् ।

सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले राजधानी विकास गुरुयोजनासम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशन गर्ने, जग्गा एकीकरणसम्बन्धी नियमावली २०७९ को नियम ४ बमोजिमको उच्चस्तरीय निर्देशक समितिमा नियुक्त विज्ञ सदस्यले पाउने सुविधा पुनरावलोकन गर्ने निर्णय गरेको जानकारी दिए । यस्तै जग्गा एकीकरणसम्बन्धी नियमावली २०७९ मा आवश्यक संसोधन गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने, संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन तथा कार्यदेश २०८१ र आर्थिक वर्ष २०८१/०८२ का लागि अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले प्रदेशस्तरीय मदरसा शिक्षा समन्वय समितिको उपाध्यक्षमा बाँके खजुरा गाउँपालिका निवासी मोहम्मद नकी खाँलाई नियुक्त गर्ने निर्णय गरेको छ भने प्रदेश खेलकुद परिषद्मा थप १३ जना सदस्य मनोनयन गरेको छ ।

मनोनित सदस्यहरुमा लेखनाथ खनाल(रुपन्देही), वलबहादुर केसी(प्यूठान), मुक्ती प्रसाद न्यौपाने(दाङ), गोपिकृष्ण शर्मा(कपिलवस्तु), हरिबहादुर थापा(रुकुम पूर्व), लालबहादुर घर्तीमगर(अर्घाखाँची(, प्रकाश आर राना(प्यूठान), महेश काउछा(गुल्मी), राजु महर्जन(पाल्पा), कोशिस बहादुर खड्का(रुपन्देही), विकास घिमिरे(नवलपरासी), दिपन्द्रकुमार डाँगी(रोल्पा) र जंगबहादुर मल्ल(बर्दिया) रहेका छन् ।

यस्तै, लुम्बिनी प्रदेश अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली २०८० संसोधन गर्ने, प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ लाई संसोधन गर्ने, क्यान्सर र मृगौला प्रत्यारोपण, मुटुको भल्व फेर्ने सेवा जिल्लामा रहेका स्वास्थ्य कार्यालयबाट सुविधा पाउने व्यवस्था गर्ने लगायत निर्णय गरिएको सरकारका प्रवक्ता पन्थीले जानकारी दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १० : ०२ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन