४ पुस २०८२, शुक्रबार | December 20, 2025

धन कमाउने अचम्मैको बाटो बनेको तिब्बती पठारको अंगुर खेती



साङ्ग्री जिल्लाको एउटा अंगुरबगैंचामा, हरिया र बैजनी अंगुरले भरिएका पङ्क्तिबद्ध अंगुरका टेरेसहरू देखिन्छन् । यो समय अंगुरको फल बस्ने महत्त्वपूर्ण अवधि हो । हुनान प्रान्तको तर्फबाट तिब्बत (चिनियाहरु हाल तिब्बतलाई सिचाङ भन्छन्)लाई सहयोग गर्ने कार्यदलका प्राविधिकहरू र कामदारहरू ग्रीनहाउस मुनि व्यस्त छन । उनीहरु तयारहुँदै गरेको अंगुर खेतीको लागि औधि खुसी छन् ।

साङ्ग्री जिल्लाको अति–उचाइमा रहेको अंगुर खेती आधार सन् २०११ मा स्थापना गरिएको थियो । पछिल्ला वर्षहरूमा हुनान प्रान्तको आर्थिक र प्राविधिक सहयोगबाट साङ्ग्री जिल्लाको अंगुर खेती गर्ने क्षेत्रफल सन् २०११ मा १ हेक्टरबाट हाल करिब ५६७ हेक्टरसम्म पुगेको छ । सन् २०१७ देखि हालसम्म यसमा ९० हजार भन्दा बढी कामदारले काम गरिसकेका छन् । र, स्थानीयको आम्दानीमा १ करोड चिनियाँ युआनभन्दा बढीको वृद्धि गरेको छ । अंगुर खेती गर्ने १० वटा गाउँको आम्दानीमा १ करोड २० लाख चिनियाँ युआनभन्दा बढीको वृद्धि भएको छ ।

साङ्ग्रीको वाइन उत्पादनलाई तिब्बत बाहिर पनि बेच्नको लागि, हुनान प्रान्तको कार्यदलले मध्यस्थको रूपमा भूमिका खेलेको छ । वाइन लगानी मेला, ल्हासामा चीन तिब्बत पर्यटन र संस्कृति प्रदर्शनी, बेइजिङमा हुने साना र मझौला उद्यमहरूको वार्षिक सम्मेलन र लगानी प्रवर्द्धन सम्मेलनजस्ता प्लेटफर्महरूको प्रयोग गरी यहाँको वाइनको प्रचारप्रसार गरिएको छ । यस कार्यदलले अंगुर खेती आधारलाई हुनान प्रान्तको उपभोक्ता सहयोगको सार्वजनिक सेवा प्लेटफर्ममा सफलतापूर्वक सुरु गर्न सहयोग गरेको थियो जसले गर्दा अनलाइन र अफलाइन मार्केटिङ मोडेललाई समन्वित बनाउन सक्यो ।

हाल, साङ्ग्री जिल्लामा आधुनिक कृषिप्रणालीअन्तर्गत अंगुर खेती, अंगुर टिप्ने, वाइनको उत्पादन तथा प्रशोधन, पर्यटन, मनोरञ्जन र अवलोकन गर्ने जस्ता “मिठो औद्योगिक श्रृंखला” निर्माण भएको छ । ग्रामीण पुनरुत्थान प्रक्रियामा, अंगुर उद्योग उच्चस्तरीय, ठुलोस्तरमा खेती, मापदण्ड अनुरूप उत्पादन, र ब्रान्ड सञ्चालनतर्फ प्रबल रूपमा विकसित हुँदैछ ।

(तिब्बतको साङ्ग्री जिल्लामा अंगुर खेतीका लागि गरिएको प्रयास नेपालका अंगुर किसानका लागि पनि सन्दर्भ सामाग्री हुनसक्छ ।)

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १० : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको