१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

दाङ तुलसीपुरको जुवा अड्डामा प्रहरीको छापा, १० जुवाडे पक्राउ



दाङ । दाङ प्रहरीले जुवाको खालमा छापा हानेर एक लाख ३३ हजार नगद सहित १० जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टामा स्थानीय देवबहादुर वलीको घरमा छापा हानेर प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको हो ।

पैसाको हारजित हुनेगरी जुवाको रुपमा कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा छापा मारिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर–१७ बनकट्टा बस्ने वर्ष ५७ को भिम वली, सोही ठाउँ निवासी वर्ष ४९ को लुमा सिंह बस्नेत, वर्ष ३२ को नर बहादुर चौधरी, वर्ष ५८ को केशर बहादुर वली, वर्ष ३६ को शरद वली, वर्ष ३८ को सुशिल वली, वर्ष ४१ को रेख बहादुर वली, वर्ष ४९ को मदन वली, वर्ष ५१ को देव बहादुर वली (घर धनी), जिल्ला दाङ घोराही–९ अश्वारा बस्ने वर्ष ४९ को बालाराम भट्टराई रहेका छन् ।

जुवाको खालबाट एक लाख ३३ हजार एक सय १० रुपैयाँ नगद सहित दश जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डिएसपी इश्वर थापाले जानकारी दिए । जुवा अड्डामा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय नारायाणपुरको संयुक्तटोलीले छापा मारेको थियो ।

प्रहरीले नगद सहित जुवा खेल्नको लागि भुईमा ओछ्याएको निलो बुट्टेदार गलैचा एक थान र कौडा १७ थान बरामद गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ७ : ५५ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से