२६ असार २०८२, बिहिबार | July 10, 2025

खजुरामा एकै परिवारका ६ जनालाई झाडाबान्ता, १ जनाको मृत्यु



खजुरा । बाँकेको खजुरामा उकाघरका ६ जनालाई झाडाबान्ता लागेकोमा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । खजुरा-५, बसन्तपुर ऐलानीका स्थानीय एकै परिवारका ६ जनालाई झाडाबान्ता भएकोमा ६५ वर्षिय केशवराम अहिरको मृत्यु भएको हो ।

आज बिहान ८ बजे तिर सबै परिवारले पुडी तरकारी खाए लगत्तै झाडाबान्ता भएको खजुरा स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सुशिल थापाले जानकारी दिए । मृतकका अन्य परिवारका सदस्यहरु ५५ वर्षिया चौरासीया यादव, २६ वर्षिय भुवन्तु यादव, ३५ वर्षिया जिना यादव, १४ वर्षिय जस्मन यादव र ६ वर्षिय अमृत यादवको भेरी अस्पतालमा उपचारका लागि लगिएको थापाले बताए । खजुरामा सामान्य उपचार पछि उनीहरुलाई भेरीमा रिफर गरिएको हो ।

मृतक सहित गम्भीर बिरामी भएकाहरुलाई फुडप्वाइजन भएको हुन सक्ने थापाले बताए । झालाबान्ताबाट गम्भीरबनेका अहिरको बिहान ९ बजे मृत्यु भएको उनले बताए । बिरामी मध्य १४ वर्षिय जस्मन यादवको अवस्था गम्भीर रहेको  थापाले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  १ : २९ बजे

मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

जनकपुर । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशलाई

पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

काठमाडौँ । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

करदाता शिक्षा र कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालयलाई करको दर भन्दा करको दायरा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौँ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच

आगलागीमा परेर काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा