७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले काठमाडौंद्वारा उपनिर्वाचनमा लागि उम्मेदवार सिफारिस



काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले आगामी उपनिर्वाचनका लागि उम्मेदवारको सिफारिस गरेको छ । एमाले काठमाडौं जिल्ला कमिटीको आज बसेको बैठकले नगरकमिटीबाट आएका उम्मेदवारको नामलाई सर्वसम्मत निर्णय गर्दै सिफारिस गरेको हो ।

जिल्ला अध्यक्ष दीपक निरौलाले उपनिर्वाचनमा काठमाडौं जिल्लाका चार पदका उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरिएको जानकारी दिए ।

नगरकमिटीबाट सिफारिस भएका उम्मेदवारको नामलाई प्रदेश कमिटीमा पठाउने निर्णय गरिएको उनले बताए । उनका अनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा डा सुरेन्द्र मानन्धर, कीर्तिपुर वडा नं १ अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकी तथा काठमाडौं महानगरपालिका-१६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने सर्वसम्मत सिफारिस गरेको छ ।

कीर्तिपुर नगपालिकाका दुवै वटा वडाको उम्मेदवार बनाउने निर्णय जिल्ला कमिटीलाई अधिकार रहेकाले निर्णय नै गरेको अध्यक्ष निरौलाले बताए । अध्यक्ष निरौलाले कीर्तिपुर नगपालिकाको प्रमुख र महानगरको वडाध्यक्षको निर्णय प्रदेश कमिटीले गर्ने भएकाले जिल्ला कमिटीले सिफारिस गरिएको बताए ।

अब एमाले बागमती प्रदेश कमिटीको बैठकले जिल्ला कमिटीबाट आएका सिफारिसको आधारमा निर्णय गर्नेछ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उक्त पद खाली थियो । देशभरि आगामी मङ्सिर १६ गते देशभर रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ७ : ५१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज