२३ बैशाख २०८३, बुधबार | May 6, 2026

राष्ट्रपतिद्वारा गुह्येश्वरीमा छठी माताको पूजा आराधना

देउवाले गरे पाटन पुगेर छठी माताको पूजा



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठ घाटमा पुगी छठी माताको पूजा आराधना गरी सूर्यलाई अर्घ दिएका छन् ।

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वका अवसरमा राजधानीका गुह्येश्वरी र कमलपोखरीमा हुने छठ पूजामा राष्ट्राध्यक्षका रुपमा राष्ट्रपति पनि सहभागी हुने परम्परा रही आएको छ । राष्ट्रपति पौडेललाई गुह्येश्वरी छठ पूजा समितिका पदाधिकारी र सदस्यले स्वागत गरेका थिए ।

गुह्येश्वरीस्थित वाग्मती किनारमा करिब सात सय छठ पूजा स्थल निर्माण गरिएको छ । छठ पूजास्थललाई आकर्षक रुपमा सजाइएको छ ।

कार्तिक शुक्ल षष्ठीका अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ । कार्तिक शुक्ल चौथीका दिनदेखि सुरु भएको छठ पर्वको आज मुख्य दिन हो । आज निराहार व्रत बसेका बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिई रातभर छठ घाटमै जाग्राम बस्ने गर्छन् । छठको विधि भने कोजाग्रत पूर्णिमाका भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु भएको हो ।

कार्तिक शुक्ल सप्तमीका अवसरमा शुक्रबार बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो छठको व्रत विधि समापन हुन्छ । गुह्येश्वरी क्षेत्रमा छठ पर्व मनाउन आउने भक्तजनको घुइँचो छ । मित्रपार्क चोकदेखि नै भक्तजन गुह्येश्वरी जाने लाममा लागेका छन् । यहाँको छठ पूजाको व्यवस्थापन गुह्येश्वरी छठ पूजा समितिले गर्दै आएको छ ।

उता नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि छठी माताको पूजा अर्चना गरेका छन् । आज साँझ थापाथलीस्थित बागमती किनारमा निर्माण गरिएको पूजा स्थलमा पुगेर उनले छठी माताको पूजा गरेका हुन् ।

सभापति देउवाले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । सभापति देउवालाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र छठ पूजा समिति थापाथली (हाल कुपण्डोल) का संयोजक सतीशकुमार झाले स्वागत गरेका थिए । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिइ पूजा गरिन्छ ।

संयोजक झाका अनुसार नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसाल, नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्कालगायत विशिष्ट व्यक्तित्वसमेत कुपोण्डोल घाट पुगेर छठ पूजामा सहभागी भएका थिए ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दान गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत धार्मिक ग्रन्थमा उल्लेख छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ७ : ३८ बजे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण

अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय कारोबारसम्बन्धी

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन