२१ मंसिर २०८२, आइतबार | December 7, 2025

‘छठ वैदिककालदेखिको पर्व हो’



रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छठपर्व वैदिककालदेखिको पर्व भएको बताएका छन । बिहीबार साँझ रौतहट आएका महामन्त्री थापाले रौतहटको चन्द्रनिगाहपुरमा आयोजित छठको शुभकामना आदान कार्यक्रममा यस्तो बताएका हुन ।

आफू अहिले मधेसमा छठको अवसरमा परिवारसहित मठमन्दिर दर्शन गर्ने उद्देश्यले आएको बताउँदै महामन्त्री थापाले काठमाडौंको कमलपोखरीमा छठघाट बनाएको स्मरण गरेका थिए । बूढापाकाका भनाइअनुसार हिन्दूहरूले छठपर्व वैदिककालदेखि मनाउँदै आएको हुँदा यो पर्व देशव्यापी रूपमा मनाउन थालिएको महामन्त्री थापाले बताए ।

“सबैले देशको भाषा, संस्कृति तथा धर्मका बारेमा जान्न अति जरुरी छ,” महामन्त्री थापाले भने, “यही कुरा सिकाउन पनि आफू श्रीमती र छोरीसहित छठ हेर्न मधेस झरेको हुँ ।” उनी बिहीबार विभिन्न जिल्ला हुँदै रौतहटबाट वीरगञ्ज गएको नेविसङ्घ रौतहटका पूर्वअध्यक्ष श्यामहरि चौलागाईँले जानकारी दिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस मधेस प्रदेशका सभापति कृष्णा यादव, रौतहट जिल्ला सभापति तथा मधेस प्रदेशका अर्थमन्त्री जितेन्द्र यादव, रौतहट क्षेत्र नं ४ का सांसद देवप्रसाद तिमिल्सिना, रौतहटको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्ले, गढीमाई नगरपालिकाका प्रमुख श्याम यादव, परोहा नगरपालिकाका प्रमुख शेख वकिल, राजपुर नगरपालिकाका प्रमुख रजिक आलमलगायत कांग्रेसका नेताहरूको सहभागिता थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ८ : ०४ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न