२३ चैत्र २०८२, सोमबार | April 6, 2026

बुटवल स्वास्थ्यको हब बन्दै छ : सभामुख घर्ति



बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिले बुटवल स्वास्थ्यको हब बन्दै गएको बताएका छन् । उनले शिक्षासंगै बुटवल अब स्वास्थ्यमा पनि पश्चिम नेपालको हब बन्दै गएको बताएका हुन् ।

बुटवलमा रहेको बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अवलोकन गर्दै अब बुटवलबाट बिरामी अन्यत्र जान नपर्ने बताए । निजि क्षेत्रको लगानीमा बुटवल हस्पिटल प्रा.लि. सबै हिसाबले उपयुक्त बनेको भन्दै सरकारी अस्पताल निर्माण गर्दा पनि यसबाट सिक्नुपर्ने बताए ।

उनले बुटवल प्रा.लि.ले स्वास्थ्यमा एउटा ईट्टा थपेको बताए । बुटवलबाट रिफर भएर भारत तथा काठमाडौं जाने बिरामीहरुले धेरै दुखः र हैरानीका साथै ठगिएको गुनासो आउने गरेको उनको भनाई छ । सो अवसरमा पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुटवल हस्पिटल धेरै हिसाबले उपयुक्त बनेको भन्दै यसले अझै आफुलाई स्पेसल हुने गरि फोकस गर्नुपर्ने बताए ।

उनले बुटवल हस्पिटल प्रा.लि.आएपछि बिरामी हरहालतले उपचार पाउने विश्वास नागरिकमा बनाउनुपर्ने बताए । सो अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चुन्न प्रसाद पौडेलले सभामुख र पूर्वमन्त्रीलाई स्वागत गर्दै हस्पिटल बनेपनि यसको दिगो पनका लागि सबैको सहयोग आवस्यक पर्ने बताए । सो अवसरमा समितिका उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन पाण्डे अस्पतालका निर्देशक डा कृष्ण खनाल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ४ : ४६ बजे

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट