१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

यस वर्षको रामजानकी विवाह पञ्चमी महामहोत्सवको तयारी सुरु



धनुषा । यस वर्षको रामजानकी विवाह पञ्चमी महामहोत्सवको तयारी सुरु भएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षता तथा प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको प्रमुख आतिथ्यमा आज जनकपुरधाममा भएको सर्वपक्षीय बैठकले विवाह पञ्चमी महामहोत्सवलाई भव्य रुपमा मनाउने निर्णय गरेसँगै तयारी सुरु भएको हो । बैठकले महामहोत्सव तयारी तथा व्यवस्थापनका लागि १४ वटा उपसमिति गठन गरेको छ ।

बैठकले आगामी मङ्सिर १७ गते भारतको अयोध्याबाट आउने जन्तीलाई भव्य स्वागत गर्ने, जन्तीलाई महोत्तरीको मटिहानीमा आइपुगेपछि मटिहानी नगरपालिकाले स्वागत गर्ने र रात्रिको भोजन तथा आवासको व्यवस्थापन गर्ने निर्णय गरेको छ । १८ गते मटिहानीबाट हिँड्ने जन्तीलाई महोत्तरीकै जलेश्वर नगरपालिकाले स्वागत गरेर चिया तथा खाजाको प्रबन्ध गर्नेछ भने सोही दिन पिपरामा जन्तीलाई भोजनको व्यवस्थापन गरिनेछ ।

मङ्सिर १८ गते साँझ जनकपुरधाम आइपुग्ने जन्ती बाह्र बिघा रङ्गभूमि मैदानमा आयोजना गरिने धनुषयज्ञमा सहभागी हुने कार्यक्रम तय भएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । मङ्सिर २१ गते राति जानकी मन्दिरको प्राङ्गणमा मैथिली परम्परानुसार भगवान् राम र माता सीताको प्रतीकात्मक विवाह उत्सव कार्यक्रम हुने उनले बताए ।

यसअघि मधेश प्रदेश सरकारले जनकपुरधाममा आउने जन्तीको स्वागत तथा सम्मानको कार्यक्रम प्रदेश सरकारको अगुवाइमा गर्ने निर्णय गरेकाले त्यसलाई आजको सर्वपक्षीय बैठकले अनुमोदन गरेको छ । बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, धनुषा तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उद्योगी, व्यापारी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।

सप्ताहव्यापी रूपमा मनाइँदै आएको विवाह पञ्चमी महामहोत्सवमा यस वर्ष भारतको अयोध्याबाट पाँच सयको सङ्ख्यामा साधुसन्त, महन्थ, योगी, सन्यासी, राजनीतिक दलका विशिष्ट व्यक्ति, राम मन्दिर निर्माण समिति अयोध्याका पदाधिकारी तथा विश्व हिन्दू परिषद् भारतका पदाधिकारीहरू सहभागी हुने जनाइएको छ ।

आगामी मङ्सिर १६ गते नगर दर्शनबाट सुरु हुने विवाह पञ्चमी महामहोत्सवअन्तर्गत १७ गते फूलबारी लिला, १८ गते धनुषयज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर तथा २१ गते विवाह उत्सव र २२ गते रामकलेवाको कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ९ : ५६ बजे

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको