६ श्रावण २०८३, बुधबार | July 22, 2026

गण्डकीका सांसद दिपक मनाङे पक्राउ



काठमाडौं । गण्डकी प्रदेशका सांसद राजिव गुरूङ (दीपक मनाङे)पक्राउ परेका छन्।

प्रहरीले काठमाडौंको सानोभर्‍याङबाट मनाङेलाई पक्राउ गरेका हो ।उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेका हो ।

ज्यान मार्ने उद्योगको अभियोगमा सर्वोच्च अदालतले दोषी ठहर गरेको केही दिनपछि उनी पक्राउ परेका हुन् ।

सर्वोच्च अदालतले २०७५ सालमा तत्कालिन पुनरावेदन अदालतले गरेको ५ वर्ष जेल सजाँयको निर्णयलाई सदर गरेसँगै मनाङे पक्राउ परेका हुन् । कात्तिक २० गते सर्वोच्च अदालतले फैसला गरे लगत्तै मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो ।

दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेको आरोप लागेको थिए । उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेपनि जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो भने उनका समुहका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटनमा गरेको मुद्दामा भने अदालतले ०६९ मा ज्यान मार्ने उद्योग (प्रयास) गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो ।

सरकारी वकिलको कार्यालय मनाङे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएकोमा त्यही मुद्दामा २०७५ सालमा न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेपछि मनाङे फरार भएका थिए ।

सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए र दल फर्दै पटक-पटक मन्त्री समेत बनेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ११ : ०९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क