६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

लुम्बिनी र सिचुआन सरकार बीच पर्यटन प्रबर्द्धनमा पहल गरिने



सिचुवान (चीन) । चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रदेश सरकार विच पर्यटन प्रबर्द्धनमा सहकार्य गरिने बताएका छन् ।

छेन्दुमा रहेको जाइन्ट पाण्डा ब्रिड सेन्टरको बुधबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले भगेनी सम्बन्धलाई पुनर्ताजगी गर्दै दुई प्रदेशका विचमा सहयोग आदानप्रदानलाई तिब्रता दिइने बताएका हुन् । सिचुआनको छेन्दु बाट लुम्बिनीको भैरहवा सिधा हवाई उडानको व्यवस्था गर्ने बारेमा पहल सुरु भएको जानकारी दिदै उनले चीनले पर्यटनको क्षेत्रमा हासिल गरेको उपलब्धि र सिकाइलाइ अनुसरण गर्दै पर्यटन प्रबर्द्धनमा सहकार्य हुने बताए ।’हाम्रा पर्यटकीय स्थल, संरक्षण क्षेत्रको व्यवस्थापनमा चीनिया अनुभव र सिकाइलाई परिस्कृत गरेर लागू गर्न सकिन्छ,] उनले भने-‘लुम्बिनी पर्यटन सर्किटलाई कार्यान्वयन गर्न यहाँको सिकाइ उपलब्धि मुलक बन्ने छ।’

मुख्यमन्त्री आचार्य सहित सम्मेलित भ्रमण दलले छेन्दु अन्तराष्ट्रीय रेलवे बन्दरगाहाको समेत अवलोकन गरेको छ । भ्रमणमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डाक्टर रामबहादुर राउत, स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डाक्टर सागर न्यौपाने, मुख्यमन्त्रीकी श्रीमती दिपा आचार्यलगायत भ्रमणमा सहभागी छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १० : ४८ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा