११ भदौ २०८३, बिहिबार | August 27, 2026

लुम्बिनी र सिचुआन सरकार बीच पर्यटन प्रबर्द्धनमा पहल गरिने



सिचुवान (चीन) । चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रदेश सरकार विच पर्यटन प्रबर्द्धनमा सहकार्य गरिने बताएका छन् ।

छेन्दुमा रहेको जाइन्ट पाण्डा ब्रिड सेन्टरको बुधबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले भगेनी सम्बन्धलाई पुनर्ताजगी गर्दै दुई प्रदेशका विचमा सहयोग आदानप्रदानलाई तिब्रता दिइने बताएका हुन् । सिचुआनको छेन्दु बाट लुम्बिनीको भैरहवा सिधा हवाई उडानको व्यवस्था गर्ने बारेमा पहल सुरु भएको जानकारी दिदै उनले चीनले पर्यटनको क्षेत्रमा हासिल गरेको उपलब्धि र सिकाइलाइ अनुसरण गर्दै पर्यटन प्रबर्द्धनमा सहकार्य हुने बताए ।’हाम्रा पर्यटकीय स्थल, संरक्षण क्षेत्रको व्यवस्थापनमा चीनिया अनुभव र सिकाइलाई परिस्कृत गरेर लागू गर्न सकिन्छ,] उनले भने-‘लुम्बिनी पर्यटन सर्किटलाई कार्यान्वयन गर्न यहाँको सिकाइ उपलब्धि मुलक बन्ने छ।’

मुख्यमन्त्री आचार्य सहित सम्मेलित भ्रमण दलले छेन्दु अन्तराष्ट्रीय रेलवे बन्दरगाहाको समेत अवलोकन गरेको छ । भ्रमणमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डाक्टर रामबहादुर राउत, स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डाक्टर सागर न्यौपाने, मुख्यमन्त्रीकी श्रीमती दिपा आचार्यलगायत भ्रमणमा सहभागी छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १० : ४८ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि