६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

लुम्बिनीका नगरपालिका र सिचुआनको देयाङ नगरसंग मितेरी सम्वन्ध कायम गर्न मुख्यमन्त्रीको प्रस्ताव



सिचुआन । चीनको सिचुआन प्रदेशको औपचारीक भ्रमणमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देयाङ नगरलाई लुम्बिनी प्रदेशका नगरपालिकासंग मितेरी सम्वन्ध कायम गरेर अनुभव तथा सहयोग आदानप्रदानलाई अघि बढाउन प्रस्ताव राखेका छन् । देयाङ नगरको अवलोकन भ्रमणमा पुगेका मुख्यमन्त्री आचार्यले नगरका कार्यकारी उपप्रमुख लि च्याङ्ग पो लाई लुम्बिनी भ्रमणको लागि निम्तो दिँदै लुम्बिनी प्रदेशका नगर सरकारसँग मितेरी सम्बन्धको प्रस्ताव गरेका हुन् ।

‘सिचुआन प्रदेशमा रहेको देयाङ नगरको अवलोकन भ्रमणपछी भएको छलफलमा मुख्यमन्त्री ज्यूले लुम्बिनी भ्रमण गर्न निमन्त्रणा गर्नु भयो भने प्रदेशका नगरपालिकाहरु संग मितेरी सम्वन्ध कायम गर्ने बारेमा पनि प्रस्ताव राख्नु भएको छ’, मुख्यमन्त्रीका स्वकिय सचिव कुशल भुसालले भने, ‘मितेरी सम्वन्ध कायम गरेर अनुभव र सहयोग आदानप्रदान गर्ने बारे सकारात्मक छलफलहरु भएका छन् ।’

देयाङ औद्योगिक सहर हो । जहाँ ठूला कम्पनीहरु प्रमुख रुपमा सञ्चालनमा छन् । देयाङ नगरले लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा औपचारीक छलफल कार्यक्रम समेत राखेको थियो । जुन कार्यक्रममा युरोप, मध्यपुर्व, एसिया, दक्षिण एसिया लगायतका मुलुकका प्रतिनिधिहरु सहभागि थिए ।

छिमेकी देश चीनको सिचुआन प्रदेशमा आयोजना गरिएको तीन दिने अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्य सहित ७ सदस्य प्रतिनिधि मण्डल हाल चीनमा रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  १० : ५५ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा