७ श्रावण २०८३, बिहिबार | July 23, 2026

दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हन्छ : उपप्रधानमन्त्री सिंह



विराटनगर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भर्खरै निर्माण भएको दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उपप्रधानमन्त्री सिंहले दुई ठूला दलले तयार गरेको संयन्त्रबाट दलहरुबीच समन्वय एवं समझदारी गर्न बल पुग्ने विश्वास व्यक्त गरे। उनले सातबुँदे सहमतिबाट बनेको वर्तमान सरकारले थोरै समयमा धेरै उल्लेखनीय काम गरेको चर्चा गर्दै सरकारले जनताको चाहनाअनुसार काम गरिरहेको बताए ।

बजेट पारित भइसकेपछि बनेको वर्तमान सरकार एउटा परिधिभित्र बसेर काम गरिरहेको प्रसङ्ग उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले दोस्रो संविधानसभा पछि जारी भएको वर्तमान संविधानको संशोधन संसद्ले गर्ने र कुनकुन विषयमा संशोधन हुने छलफल भइरहेको बताए ।

“प्रदेशले संविधानमा व्यवस्था भएबमोजिम अधिकार पाउँछ”, उनले भने ।

सहकारीको रकम अपचलन र ठगी गर्नेलाई कानुनअनुसार कारबाही गर्ने जनाउँदै उनले सरकार विधिको शासनको पक्षधर भएको दाबी गरे ।

बङ्गलादेशलाई बिजुली बेच्ने सरकारको महत्वपूर्ण उपलब्धि भएको उनले बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १ : ४४ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै