२० मंसिर २०८२, शनिबार | December 6, 2025

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा



नेपालगञ्ज । नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण गर्न सरकार गम्भीर रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बताएका छन् ।

बाँके उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको कार्यक्रममा उनले उद्योग क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार पूर्वशर्त भएकाले तिनको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

मन्त्री भण्डारीले केही ठूला र मझौला उद्योग बढ्दै गएको बताउदै रुग्ण उद्योगको संरक्षण सरकारको दायित्व भएको जिकिर गरे। लगानी प्रवद्र्धन गर्दै विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारीलाई जोड दिइएको बताए । उनले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा केन्द्रित रहेर काम गरिरहेको बताए ।

आजै प्रेस चौतारीले मन्त्री भण्डारीसँग गरेको छलफलमा उनले संविधान संशोधनका विषयमा पनि सत्तासाझेदार दलबाहेकका अन्य राजनीतिक शक्तिहरुसँग विमर्श गरिने जानकारी दिए ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ३ : ०५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल