११ असार २०८३, बिहिबार | June 25, 2026

व्यापारीको भन्दा खाद्य कम्पनी लिमिटेडको मूल्य बढी, किसानको आकर्षण खाद्य तर्फ



नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगन्जले यस वर्ष ४० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्यका साथ किसानको धान खरिद गर्न सुरु गरेको छ । यसवर्ष खाद्यले मध्यम धान तीन हजार पाँच सय ८० रुपैया ६२ पैसा र मोटा धान तीन हजार चार सय १० रुपैया ५१ पैसामा खरिद गर्ने घोषणा गरेपछि किसानहरु ब्यवसायीको गल्ला मण्डी छाडेर खाद्य संस्थानको खरिदकेन्द्रमा आकर्षित भएका छन् । यसवर्ष व्यापारीले तीन हजार दुई सय रुपैयामा धान खरिद गरिरहेका छन् । व्यापारीले भन्दा तीन सय ८० रुपैया बढी मूल्य पाएपछि किसान खाद्यमा धान बेच्न आकर्षित भएका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख रामशरण लामिछानेका अनुसार यसपाली ४० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखिएको छ । गतवर्ष धेरै लक्ष्य राख्दा र कम खरिद हुँदा खाद्यले यसपाली लक्ष्य नै घटाएको हो ।

स्थानीय वडा कार्यालयको सिफारिसमा खाद्यले धान खरिद गरिरहेको प्रमुख लामिछानेले बताए । बाँकेमा खाद्य संस्थानको मात्र ३५ हजार क्वीन्टल धान राख्न सकिने गोदाम रहेको छ । बाँके लगायतको जिल्लाबाट खाद्यले खरिद गरेको धान यहीँ कुटाएर पहाडी जिल्लामा चामल पठाउने गर्दछ ।

बाँकेमा यो वर्ष एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्र बाँकेले प्रक्षपण गरेको छ । ज्ञमा केन्द्रले प्रक्षपण गरेको ४० हजार क्वीन्टलमात्रै धान खाद्यले खरिद गर्ने लक्ष्य राखेपछि बाँकी धान व्यवसायीलाई बेच्न किसान बाध्य हुनुपर्ने किसानहरुले बताएका छन् ।

खाद्यले कात्तिक २० गतेदेखि धान खरिद शुरु गरेको हो । अहिलेसम्मको अवस्था हेर्दा यसपाली लक्ष्य अनुसारको धान खरिद गर्न सकिने सम्भावना देखिएको प्रमुख लामिछानेले बताए । यद्देपी भारतीय पोलिसी हेरेर व्यवसायीले बिचमा धानको मूल्य बढाएमा भने किसानले धान व्यवसायीलाई दिन सक्ने सम्भावनालाई नकार्न नसकिने बाँके खजुराका किसान ठग्गु थारुले बताए ।

भारतले चामल निर्यातमा कडाई गर्दा नेपाली व्यवसायीले धानको बढी मूल्य दिने र भारतले निर्यातमा कडाई नगर्दा व्यवसायीले कम मूल्य दिने गरेको किसानहरुको भनाई छ । व्यापारीलाई आफूखुशी मूल्य तोक्न दिने सरकारी नीतिका कारण किसान मर्कामा पर्ने गरेको बाँकेका अर्का किसान भगवानदिन चौधरीले बताए ।

 

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १२ : ०९ बजे

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा

‘निजी अस्पताल र बैंक तथा वित्तीय संस्थामा श्रम शोषण’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल,

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान

सैन्य अभ्यासका क्रममा एक जना सैनिक जवानको मृत्यु

कैलाली । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा